दल विभाजन गर्ने अध्यादेश ल्याउँदै सरकार, देउवाले जनाए सहमति

काठमाडौं – सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनेगरी छलफल अगाडि बढाएको छ । गएराति अबेरसम्म बसेको एमाले र कांग्रेसका नेताहरूबीचको बैठकमा अध्यादेश ल्याउने विषयमा सहमति भएको गोप्य स्रोतले बतायो ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति जनाएका थिए । विशेषगरी नेकपा (एकीकृत समाजवादी)लाई विभाजन गर्नेगरी अध्यादेश ल्याउन तयारी भएको हो ।

एकीकृत समाजवादीमा असन्तुष्ट कम्तिमा पाँच जना सांसद एमालेमा जान तयार छन् । एकीकृत समाजवादीका सांसद प्रेम आलेले माधव नेपालको पार्टीमा नहुने निश्चित भइसकेको बताए ।

अध्यादेश ल्याउने विषयमा निकै अगाडिदेखि छलफल भएपनि आइतबार रातिमात्रै कांग्रेस सभापति देउवा सहमत भएका हुन् ।

अध्यादेश ल्याउने खबर सुनेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त्यसबारेमा बुझ्न कानुनविद गोविन्द बन्दीलाई शुक्रबार शेरबहादुर देउवालाई भेट्न पठाए ।

भेटमा देउवाले आफू ओलीलाई दुखि बनाउने पक्षमा नरहेको जवाफ फर्काएका थिए । यद्यपी बन्दीले भने आफूले देउवालाई भेटेको इन्कार गरेका छन् ।

गएराति देउवा र ओलीका बीचमा भएको छलफल विष्णु पौडेल, शंकर पोखरेल, रमेश लेखक, गगन थापा, विष्णु रिमाल लगायतका नेताहरू बैठकमा सहभागी भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरी आजैका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अध्यादेश ल्याउने विषयमा कुराकानी भएको र आजैको बैठकमा आउँछ या आउँदैन यसै भन्न नसकिने सत्तारुढ दलका एक नेताले भने ।

सिफारिस

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

धेरै पढिएको