यस वर्षको भाइटीकाको साइत सार्वजनिक

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीकाको उत्तम साइत हुने निर्क्योल गरिएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। समितिको आजको बैठकले यो निर्णय गरेको हो।

उत्तम साइत यो भए पनि बिहानदेखि साँझसम्म आफ्नो अनुकूलतामा टीका लगाउन भने बाधा नपर्ने ज्योतिषीहरूको भनाइ छ

पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा (भाइपूजा) पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबार सुरु हुँदै छ। मंगलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ। यमदीपदान भने कात्तिक १४ गते बुधबार परेको छ।

कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ। आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइनेछ।

समितिको विज्ञप्तिअनुसार, कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ। कात्तिक १६ गते शुक्रबार औँशी परेको छ। त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ। यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको समितिले जनाएको छ।

हेर्नुहोस् पञ्चांग निर्णायक समितिको सूचना

सिफारिस

कार्यान्वयनको दस वर्षपछि संविधानमाथि समीक्षा हुन्छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताउनुभएको छ । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा...

किन आउँदै छन् भारतीय स्थल सेनाध्यक्ष नेपाल ?

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । ५ देखि ९ मंसिरसम्म उनी नेपाल भ्रमणमा आउन लागेको नेपाली सेनाले जानकारी...

यू-१९ विश्वकपमा पुगेका खेलाडीलाई क्यानले २ लाख ५० हजार पुरस्कार दिने

आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिइने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

किन आउँदै छन् भारतीय स्थल सेनाध्यक्ष नेपाल ?

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको औपचारिक भ्रमणमा...

यू-१९ विश्वकपमा पुगेका खेलाडीलाई क्यानले २ लाख ५० हजार पुरस्कार दिने

आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली...

यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

घरेलु टोली युएईलाई पराजित गर्दै नेपालले मलेसियामा हुने आईसीसी...

फेसबुक पेज प्रेस काउन्सिलको निगरानीमा, मर्यादित नबने कारबाहीको चेतावनी

काठमाडौं - प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार...

कस्तो रहला आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

एसपीपीको कुनै चर्चा नै भएको छैन, माओवादीको विरोध सरकारमा नहुनुको छटपटी : प्रधानमन्त्री

विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)...

धेरै पढिएको