मानवअधिकारवादी नेता तुलाधरको छैटौँ स्मृति दिवस, दुर्गालाललाई सम्मान (तस्वीरहरू)

नागरिक आन्दोलनका अगुवा तथा वरिष्ठ मानव अधिकारकर्मी स्व.पद्मरत्न तुलाधरको योगदानको सम्मान गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीले छैटौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्  ।

शान्ति र नेपालभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहेका तुलाधरको स्मृतिमा आज राष्ट्रिय स्मृति प्रतिष्ठान र पद्मरत्न लुमन्ति गुथिले आज शंखधर साख्वा स्मृति पार्क, रत्नपार्कमा आयोजना गरेको स्मृतिसभामा श्रद्धाञ्जलि व्यक्त गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले स्व.तुलाधरको योगदानलाई स्मृति ग्रन्थ र पाठ्यक्रममा उनको योगदानलाई समेट्नका लागि पहल गर्नुपर्नेमा जोड दिए । तुलाधरकी छोरी सुम्निमा तुलाधरले आफ्ना बुबाले देशका सबैजसो आन्दोलनमा सहभागिता जनाई परिवारलाई मात्र होइन समग्र आन्दोलनकारीहरूलाई नै गौरवान्वित बनाउनुभएको बताइन् । कार्यक्रममा जनकवि दुर्गालाललाई सम्मान गरिएको थियो।

वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरले २०४६ सालमा नेपाली कांग्रेस र तत्कालीन वामपन्थी पार्टीहरूलाई एकै ठाउँ राखी निरंकुश पञ्चायती व्यवस्था विरुद्ध संयुक्त आन्दोलन गर्न ठूलो योगदान दिएका थिए । त्यस्तै माओवादीद्वारा सञ्चालित सशस्त्र द्वन्द्वका बेला सरकार व विद्रोही माओवादी बीच शान्ति वार्ता गराउन पनि उनले सहजकर्ताको भूमिका निभाएका थिए।

सिफारिस

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। खेलमा घरेलु टोली नेपालले चीनलाई...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। हराभरा जंगल, जैविक विविधता, धार्मिक–सांस्कृतिक पहिचान र प्राकृतिक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा ऐतिहासिक पुलुकिसी नाच २०८२ आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। परापूर्वकालदेखि जात्राको रूपमा प्रदर्शन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा...

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

धेरै पढिएको