मानवअधिकारवादी नेता तुलाधरको छैटौँ स्मृति दिवस, दुर्गालाललाई सम्मान (तस्वीरहरू)

नागरिक आन्दोलनका अगुवा तथा वरिष्ठ मानव अधिकारकर्मी स्व.पद्मरत्न तुलाधरको योगदानको सम्मान गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीले छैटौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्  ।

शान्ति र नेपालभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहेका तुलाधरको स्मृतिमा आज राष्ट्रिय स्मृति प्रतिष्ठान र पद्मरत्न लुमन्ति गुथिले आज शंखधर साख्वा स्मृति पार्क, रत्नपार्कमा आयोजना गरेको स्मृतिसभामा श्रद्धाञ्जलि व्यक्त गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले स्व.तुलाधरको योगदानलाई स्मृति ग्रन्थ र पाठ्यक्रममा उनको योगदानलाई समेट्नका लागि पहल गर्नुपर्नेमा जोड दिए । तुलाधरकी छोरी सुम्निमा तुलाधरले आफ्ना बुबाले देशका सबैजसो आन्दोलनमा सहभागिता जनाई परिवारलाई मात्र होइन समग्र आन्दोलनकारीहरूलाई नै गौरवान्वित बनाउनुभएको बताइन् । कार्यक्रममा जनकवि दुर्गालाललाई सम्मान गरिएको थियो।

वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरले २०४६ सालमा नेपाली कांग्रेस र तत्कालीन वामपन्थी पार्टीहरूलाई एकै ठाउँ राखी निरंकुश पञ्चायती व्यवस्था विरुद्ध संयुक्त आन्दोलन गर्न ठूलो योगदान दिएका थिए । त्यस्तै माओवादीद्वारा सञ्चालित सशस्त्र द्वन्द्वका बेला सरकार व विद्रोही माओवादी बीच शान्ति वार्ता गराउन पनि उनले सहजकर्ताको भूमिका निभाएका थिए।

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित...

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, देशभर विविध कार्यक्रमहरू गरी दिवस मनाइदैछ। वि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

धेरै पढिएको