काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओलीलाई सोमबार साँझदेखि ज्वरो आएको हो । प्रधानमन्त्रीको सचिवालयले यसअघि जस्तै यस पटक पनि हल्का ज्वरो आएको जनाएको छ ।
‘यसअघि पनि उहाँलाई हल्का ज्वरो आएको थियो । यस पटक फेरि सोमबार साँझदेखि हल्का ज्वरो आएको हो ।उहाँको स्वास्थ्यको अवस्था बुझ्न रगत जाँच गर्न पठाइएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘हिजो सार्वजनिक बिदा भएकोले बाहिर कार्यक्रम थिएन । आज हल्का ज्वरो आए पनि केही भेटघाट भने गर्नुभयो ।’
मंगलबार बिहान ओलीले गृहमन्त्री रमेश लेखक र मुख्य सचिव एकनारायण अर्यालसँग भेट गरेका छन् । बालुवाटारमा सामान्य भेटघाट गरेपछि ओली आराम गरेर बसेका उनको सचिवालयले जनाएको छ । ओलीले आइतबार बहिनीसँग भाइटीका लगाएका थिए ।