काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को २७ औं साधारण सभा तथा १३ औं अधिवेशन सम्पन्न भएको छ। शनिबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रमबाट प्रदीपराज वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरीएको छ ।
नयाँ नेतृत्वको लागि सर्वसम्मत अध्यक्षमा पुन: प्रदीपराज वन्त, वरिष्ठ उपाध्यक्षमा लेख वहादुर (सागर) श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री (भगवती), प्रथम उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरूमा सुशील कुमार श्रेष्ठ, मुकुन्द कालिकोटे, रमिता छुँजु,हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भए ।
सोहि अवसरमा संस्थाले खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा राष्ट्रिय फोटो पत्रकार समूह नेपालको २७ औं वार्षिक साधारण सभा तथा १३औं अधिवेशन अग्रज फोटो पत्रकारको उपस्थितिमा एक विशेष कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विशेष अतिथिहरु प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, पूर्वअध्यक्षहरु कविन्द्रमान शाक्य, राजभाइ सुवाल त्यसैगरी संन्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, नेपाल फोटोग्राफर महासंघका महासचिव दिगम्बर राजबंशी, काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि घिमिरे लगायतको उपस्थिति रहेको थियो ।