माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार रमिता छुँजुलाई प्रदान

काठमाडौँ – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गर्नुभएको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान ’  यस वर्ष फोटो पत्रकार रमिता छुँजुलाई प्रदान गरिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको २७ औँ वार्षिकोत्सव तथा १३ औं अधिवेशनको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि खानेपानी मन्त्री प्रदीप यादव र राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तको हातबाट छुँजुलाई नगद १० हजारसहित सम्मान-पत्र प्रदान गरिएको थियो।

छुँजु राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका केन्द्रीय सदस्य हुन्। उनी नेपालभर बालबालिकाको क्षेत्रमा कार्य गर्ने–सिविन नेपालमा कार्यरत रहेकी छिन्।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, पूर्वअध्यक्षहरु कविन्द्रमान शाक्य, राजभाइ सुवाल त्यसैगरी संन्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा, नेपाल फोटोग्राफर महासंघका महासचिव दिगम्बर राजबंशी, काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि घिमिरे लगायत फोटो पत्रकारहरूको उपस्थिति रहेको थियो ।

सिफारिस

कीर्तिपुरमा कांग्रेसले गर्यो ‘क्लिनस्विप’, २ वडाध्यक्षसँगै मेयर पदमा डंगोल विजयी

काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस विजयी भएको छ। आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् । अन्तिम मत...

आज पनि दर्शकले भरिभराउ त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी-२० नेपाल प्रिमियर लिग चलिरहेको छ।  आज सोमबारका खेलहरू हेर्न हजारौं समर्थक टियु मैदान पुगेका थिए । उद्घाटन...

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित

काठमाडौं– नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले ८ विकेटको जित निकालेको छ । कीर्तिपुर मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज पनि दर्शकले भरिभराउ त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी-२० नेपाल प्रिमियर...

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित

काठमाडौं– नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर...

धवनलाई १४ रनमै पेभिलियन फर्काएपछि खुसि मनाउँदै जनकपुरका खेलाडी( तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत जारी कर्णाली याक्स र जनकपुरबिचको...

एनपीएल: चितवनद्वारा काठमाडौ ५ विकेटले पराजित

काठमाडौ गुर्खाजलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग...

तनविरको घातक बलिङमा चितवन राइनोजसामु काठमाडौँको सामान्य लक्ष्य (तस्वीरहरू)

सोहेल तनविरको घातक बलिङमा काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग...

बेलायतमा ५ वटा तामाङ संस्थाले संयुक्त रूपमा सोनाम ल्होसार मनाउने

बेलायत- २८६१ औं डुक ल्हो (सर्प वर्ष)सोनाम ल्होछार कार्यक्रम...

धेरै पढिएको