पाँच बर्षीय त्रिजल र त्रिनेशको एभरेष्ट बेस क्याम्प यात्रा

ट्रेकिङ सिजन अनि बाबुहरुको छुट्टी सदुपयोग गर्न, सुजिता कौरी र राजेश कौरी कुनै राम्रो ठाँउ ट्रेक जाने विचारले यहि असोजमा एभरेष्ट बेस क्याम्प निस्के । भर्खर ५ बर्षका जुम्ल्याहा त्रिजल र त्रिनेश पनि बाबाआमासंगै भक्तपुरको पुरानो थिमी, नगदेशबाट यात्रामा हिंडे।

दुई दिनको बस यात्रापछि थामडाँडाबाट पैदल हिंड्न थालेका त्रिजल त्रिनेश।  बाटोमा नयाँ नयाँ किसिमका चराचुरुङ्गी, जनावरहरू घोडा, खच्चड, चौरी गाई देखेर औधी रमाए उनीहरू । साँझ परेपछि घोडालाई चौरमा देखे अनि आमालाई किन बाहिर राखेको यसरी भनि प्रश्न समेत गर्न भ्याए  त्रिनेसले – उत्तरमा मालिकले भोलिपल्ट लिन आउने थाहा पाएपछि, राती चिसो हुन्छ, घोडालाई धेरै भारी नि बोक्नपर्छ बरु यसलाई हाम्रो घर लाने ठूलो ठाउँ बनाइदिने र मायाले पाल्छु भन्ने कुरा गरे ।

बाटोमा चौरी गाइले पनि धेरै भारी बोकेको देखेपछि उनीहरूले चौरीलाई कति गाह्रो हुन्छ, घर लगेर मायाले पाल्ने कुरा गरे। यस्तै रमाइलो कुरा गर्दा यात्राको क्रममा त्रिनेश (कान्छो छोरा ) ले यतिको चित्र लजमा देख्यो र बाबालाई प्रश्न गर्यो- यति भनेको के हो ? बाबाले यति भनेको हामी भन्दा एकदम बलिया र ठूला मान्छे हुन, तिमीहरूले हेर्ने कार्टूनमा जस्तो, ज्ञानी नानीहरूलाई केही गर्दैनन् अनि बाबा आमासंगै हिंड्नुपर्छ । यो सुनेपछि दुई जना बाटोमा यतिकै कुरा गर्दै हिडे – कति ठूलो भन्दै, भिर पाखामा बाबाआमा साथै हिडे नत्र यति आउँछ भन्ने लागेर होला।

दिनको करिब ६-७ घण्टा हिडे पनि गाह्राे भयो भनेनन्, व्यागसमेत आफै बोकेर लम्की रहे । जति माथि पुग्यो, बाबुहरुलाई नयाँ चिजको अनुभव भयो । हिउँ खेल्न पाउँदा झन धेरै रमाए – माँ ! अब अर्कोपल्ट हिमाल चढ्नुपर्छ, त्रिजलले आमालाई देखाउँदै भने।  एभरेष्ट बेस क्याम्प पुगेपछि आग्रह गर्यो । यति धेरै हिड्नुपर्छ, गाह्राे हुन्छ भन्दा ” हैन हिड्ने हो, माथि हिमाल पुग्ने हो ” यो सुन्दा आमा सुजिता दङ्ग परिन् ।

खाना खान कुनै लज पुग्दा बिदेशी बच्चा सोचेर ईंग्लिश बोल्थे, साथमा बाबाआमा देखेपछि धेरैले आश्चर्य माने । यति कलिलो उमेरका नेपाली बाबुहरु सायदै आउने रहेछ ।

करिब ११ दिनको यात्रा गर्दा धेरै रमाइलो भयो, अब अर्कोपटक फेरि जाने कुरा गर्छन दुबै जना। प्राय हिंड्न अल्छी गर्ने, मोबाईलको दुनियाँमा हराउने समयमा बाबुहरु भने प्राय छुट्टीको समयमा बाबाआमासंग कहिले बारी जान्छन, धान रोप्दा माटाेमा रमाउछन, जात्रामा नेवारी भेषमा आफ्नो सानो धिमे बोकेर नाच्छन् । यसरी कलिलो उमेरमा धेरै चिजको अनुभवले पक्कै पनि त्रिजल त्रिनेस बाबुहरुलाई  सिक्ने ठूलो अबसर हो, यस्तो अनुभव धेरै दृष्टिकोणले लाभदायी छ ।

यो भन्दा अघिल्लो बर्ष गोसाइँकुण्ड, आमायाङ्री, लतरम्बेश्वर पुगिसकेका बाबुहरूलाई हिमाली भेग पुग्ने यो पहिलो अनुभव थियो । भर्खरै के जी पढ्ने बाबुहरु हिंड्न अल्छी गर्दैनन् भन्ने बिश्वास थियो , त्यही विश्वासमा अलिकति डर, धेरै उत्साहको साथ सुरुमा नगदेशबाट यात्रा सुरु गरे । गाडीको यात्रा थामडाँडासम्म रह्यो । त्यसपछि भने थामडाँडा- पैया- हिलारी वृज- सोमारे- देबुछे- लोबुछे- गोरखशेप हुँदै बेस क्याम्प पुगे।

(त्रिजल त्रिनेस लर्ड बुद्ध ईंग्लिश स्कुलमा कक्षा के जि मा अध्यनरत छन)

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको