पाँच बर्षीय त्रिजल र त्रिनेशको एभरेष्ट बेस क्याम्प यात्रा

ट्रेकिङ सिजन अनि बाबुहरुको छुट्टी सदुपयोग गर्न, सुजिता कौरी र राजेश कौरी कुनै राम्रो ठाँउ ट्रेक जाने विचारले यहि असोजमा एभरेष्ट बेस क्याम्प निस्के । भर्खर ५ बर्षका जुम्ल्याहा त्रिजल र त्रिनेश पनि बाबाआमासंगै भक्तपुरको पुरानो थिमी, नगदेशबाट यात्रामा हिंडे।

दुई दिनको बस यात्रापछि थामडाँडाबाट पैदल हिंड्न थालेका त्रिजल त्रिनेश।  बाटोमा नयाँ नयाँ किसिमका चराचुरुङ्गी, जनावरहरू घोडा, खच्चड, चौरी गाई देखेर औधी रमाए उनीहरू । साँझ परेपछि घोडालाई चौरमा देखे अनि आमालाई किन बाहिर राखेको यसरी भनि प्रश्न समेत गर्न भ्याए  त्रिनेसले – उत्तरमा मालिकले भोलिपल्ट लिन आउने थाहा पाएपछि, राती चिसो हुन्छ, घोडालाई धेरै भारी नि बोक्नपर्छ बरु यसलाई हाम्रो घर लाने ठूलो ठाउँ बनाइदिने र मायाले पाल्छु भन्ने कुरा गरे ।

बाटोमा चौरी गाइले पनि धेरै भारी बोकेको देखेपछि उनीहरूले चौरीलाई कति गाह्रो हुन्छ, घर लगेर मायाले पाल्ने कुरा गरे। यस्तै रमाइलो कुरा गर्दा यात्राको क्रममा त्रिनेश (कान्छो छोरा ) ले यतिको चित्र लजमा देख्यो र बाबालाई प्रश्न गर्यो- यति भनेको के हो ? बाबाले यति भनेको हामी भन्दा एकदम बलिया र ठूला मान्छे हुन, तिमीहरूले हेर्ने कार्टूनमा जस्तो, ज्ञानी नानीहरूलाई केही गर्दैनन् अनि बाबा आमासंगै हिंड्नुपर्छ । यो सुनेपछि दुई जना बाटोमा यतिकै कुरा गर्दै हिडे – कति ठूलो भन्दै, भिर पाखामा बाबाआमा साथै हिडे नत्र यति आउँछ भन्ने लागेर होला।

दिनको करिब ६-७ घण्टा हिडे पनि गाह्राे भयो भनेनन्, व्यागसमेत आफै बोकेर लम्की रहे । जति माथि पुग्यो, बाबुहरुलाई नयाँ चिजको अनुभव भयो । हिउँ खेल्न पाउँदा झन धेरै रमाए – माँ ! अब अर्कोपल्ट हिमाल चढ्नुपर्छ, त्रिजलले आमालाई देखाउँदै भने।  एभरेष्ट बेस क्याम्प पुगेपछि आग्रह गर्यो । यति धेरै हिड्नुपर्छ, गाह्राे हुन्छ भन्दा ” हैन हिड्ने हो, माथि हिमाल पुग्ने हो ” यो सुन्दा आमा सुजिता दङ्ग परिन् ।

खाना खान कुनै लज पुग्दा बिदेशी बच्चा सोचेर ईंग्लिश बोल्थे, साथमा बाबाआमा देखेपछि धेरैले आश्चर्य माने । यति कलिलो उमेरका नेपाली बाबुहरु सायदै आउने रहेछ ।

करिब ११ दिनको यात्रा गर्दा धेरै रमाइलो भयो, अब अर्कोपटक फेरि जाने कुरा गर्छन दुबै जना। प्राय हिंड्न अल्छी गर्ने, मोबाईलको दुनियाँमा हराउने समयमा बाबुहरु भने प्राय छुट्टीको समयमा बाबाआमासंग कहिले बारी जान्छन, धान रोप्दा माटाेमा रमाउछन, जात्रामा नेवारी भेषमा आफ्नो सानो धिमे बोकेर नाच्छन् । यसरी कलिलो उमेरमा धेरै चिजको अनुभवले पक्कै पनि त्रिजल त्रिनेस बाबुहरुलाई  सिक्ने ठूलो अबसर हो, यस्तो अनुभव धेरै दृष्टिकोणले लाभदायी छ ।

यो भन्दा अघिल्लो बर्ष गोसाइँकुण्ड, आमायाङ्री, लतरम्बेश्वर पुगिसकेका बाबुहरूलाई हिमाली भेग पुग्ने यो पहिलो अनुभव थियो । भर्खरै के जी पढ्ने बाबुहरु हिंड्न अल्छी गर्दैनन् भन्ने बिश्वास थियो , त्यही विश्वासमा अलिकति डर, धेरै उत्साहको साथ सुरुमा नगदेशबाट यात्रा सुरु गरे । गाडीको यात्रा थामडाँडासम्म रह्यो । त्यसपछि भने थामडाँडा- पैया- हिलारी वृज- सोमारे- देबुछे- लोबुछे- गोरखशेप हुँदै बेस क्याम्प पुगे।

(त्रिजल त्रिनेस लर्ड बुद्ध ईंग्लिश स्कुलमा कक्षा के जि मा अध्यनरत छन)

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको