बालकुमारीमा आगो लाग्दा फार्मेसीसहित ४ वटा पसल जले

काठमाडौं – बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो।

आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको प्रभागका सहायक हवल्दार रुद्रप्रसाद गौतमले जानकारी दिए।

यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेर नष्ट भएको छ।

आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ। पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो। आगो निभाउन काठमाडौँका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी परिचालन गरिएको थियो।

सिफारिस

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी र गण्डकी...

देशभर चिसो बढ्दै, काठमाडौँमा पनि दिनदिनै रेकर्ड तोड्दै

देशभर चिसो बढ्दै जाँदा काठमाडौँ उपत्यकाको तापक्रमले दिनदिनै रेकर्ड तोड्न थालेको छ। मंगलबार यो वर्षअन्तर्गत हिजोसम्मकै कम ९.९ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम...

नेपाल प्रहरीका ३२ सई वरिष्ठ सईमा बढुवा सिफारिसमा (सूचीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीका ३२ प्रहरी नायब निरीक्षक (सई) लाई सोही समूहतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पदमा बढुवाका सिफारिस...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

देशभर चिसो बढ्दै, काठमाडौँमा पनि दिनदिनै रेकर्ड तोड्दै

देशभर चिसो बढ्दै जाँदा काठमाडौँ उपत्यकाको तापक्रमले दिनदिनै रेकर्ड...

नेपाल प्रहरीका ३२ सई वरिष्ठ सईमा बढुवा सिफारिसमा (सूचीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीका ३२ प्रहरी...

विराटनगर किङ्सले सार्वजनिक गर्यो आफ्नो जर्सी तथा एन्थम

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर(एनपिएल) को टोली...

मौसम: आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

यस्तो छ नेपाल प्रिमियर लिगको सार्वजनिक खेल तालिका

काठमाडौं – सोमवार नेपाल क्रिकेट संघ(क्यान) ले पहिलो संस्करणको...

पाँच बर्षीय त्रिजल र त्रिनेशको एभरेष्ट बेस क्याम्प यात्रा

ट्रेकिङ सिजन अनि बाबुहरुको छुट्टी सदुपयोग गर्न, सुजिता कौरी...

धेरै पढिएको