राहदानी सेवा प्रवाह प्रभावित बनेको छ। राहदानी विभागले सूचना निकालेर केही दिनदेखि राहदानीको तथ्यांक व्यवस्थापनमा समस्या देखिएकोले सेवा प्रभावित बनेको उल्लेख गरेको छ।
राहदानी विभाग, जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा राहदानी सेवा प्रवाह प्रभावित हुन पुगेको विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।
समस्या समाधान गर्न प्राविधिकहरूले निरन्तर काम गरिरहेको पनि विभागको भनाइ छ।