रविबारे ओलीको टिप्पणी- आफैं सरकारी ठगी गर्ने, अनि अरूलाई मुख छाड्ने ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले हल्लाको पछि नदौडने दल भएको बताएका छन् । नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले पार्टीविरुद्ध अनेक हल्ला चलाइए पनि भ्रमको पछि नदौडन बताए ।

‘नेकपा एमाले कागले कान लग्यो भन्दैमा कागका पछि-पछि आकाशतर्फ हेरेर दौडिने पार्टी होइन’, उनले भनेका छन्।नेपाली जनताले ठूलो बलिदानबाट अहिलेको व्यवस्था ल्याएको बताउँदै जनता कुहिराको काग बनेर नकुद्ने ओलीले बताए ।

नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पूरा गर्न अघि बढ्ने ओलीले प्रष्ट पारे । ‘नेपाली जनता भ्रममा पर्दैन’, उनले भने ।

एमाले सरकारमा पनि रहेको र सरकारमा रहेरै सभा गरिरहेको उनले बताए । यो सरकार दशैँ पनि काट्दै भनि गरिएका भ्रामक प्रचार सरकारले चिर्दै आएको बताउँदै उनले अहिलेको समीकरणले पूरै समय काम गर्ने ओलीले स्पष्ट पारे ।

‘२०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छ’, ओलीले भनेका छन् ।

अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको बताउँदै ओलीले सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिएको बताए ।

देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको उनले बताएका छन् ।

अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने ओलीले दाबी गरे । अहिलेको सरकार आफ्ना मानिलाई शक्तिमा पुर्याउन र अकूत सम्पत्ति कमाउन नबनेको उनले बताए ।

ओलीले जसले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अरबौँका मालिक बनाएका छन् उनीहरू आफ्नो विरुद्ध आरोप लगाउँदै हिँडेका ओलीले बताए । उनले आफूमाथि औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिएका छन् ।

बैङ्कको ऋण तिर्नु पर्दैन भन्दै कोही कराउँदै हिँडेका बताउँदै उहाँले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउन ती शक्ति लागेका बताए ।

उद्यमीलाई खेद भन्ने अभियान पनि त्यसकै लागि चलेका ओलीले दाबी गरे । बक्यौता नउठाउने तर विद्युत् लाइन काट्ने काम पनि तिनै शक्तिले गरेका ओलीले दाबी गरे ।

समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने काम भएका भन्दै उनले आलोचना गरे । नीति अगाडि सार्न नसक्नेले गाली गलौज गर्ने, अपशब्द प्रयोग गर्ने काम गर्ने काम गरिरहेका ओलीले बताए । ‘घृणा फैलाउने कुरा नेपाली समाजलाई स्वीकार्य छैन’, उनले भने ।

कानुनविपरीत अपराध गर्नेलाई अहिलेको सरकारले नछाड्ने ओलीले दाबी गरे । देशका सुशासन स्थापनाको लागि सोची, सम्झिकन नेकपा एमाले र कांग्रेस मिलेर सरकार बनाएका ओलीले स्पष्ट पारे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि एमाले र आफूमाथि भइरहेका गालीगलौजबारे पनि बोलेका छन् ।

‘आफैँ सरकारी ठगी गर्ने अरूलाई मुख छाड्ने, अनि अरूलाई गाली गर्ने, कुनै पनि प्रकारको ठगी सह्य हुने छैन’, उनले भनेका छन् ।

सिफारिस

कम्बोडिया लगानीबारे प्रधानमन्त्रीको जवाफ- चार घण्टामै पुगिन्छ, गएर खोज्नू

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा आफूले ३२ अर्ब लगानी गरेको भनेर दुर्गा प्रसाईंसहितले लगाएको आरोपको जवाफ दिएका छन् । एमालेका उपत्यकास्थित तीन जिल्ला...

राहदानी सेवामा समस्या, कहिले हुन्छ समाधान ?

राहदानी सेवा प्रवाह प्रभावित बनेको छ। राहदानी विभागले सूचना निकालेर केही दिनदेखि राहदानीको तथ्यांक व्यवस्थापनमा समस्या देखिएकोले सेवा प्रभावित बनेको उल्लेख गरेको छ। राहदानी विभाग,...

नेपाली सेनाका उपरथी केसी बलाध्यक्ष रथीमा बढुवा

नेपाली सेनाका उपरथी प्रदीपजंग केसी बलाध्यक्ष रथीमा बढुवा भएका छन्। नेपाली सेनाको सिफारिसमा केसीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त रथी पदमा बढुवा गर्ने निर्णय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राहदानी सेवामा समस्या, कहिले हुन्छ समाधान ?

राहदानी सेवा प्रवाह प्रभावित बनेको छ। राहदानी विभागले सूचना...

नेपाली सेनाका उपरथी केसी बलाध्यक्ष रथीमा बढुवा

नेपाली सेनाका उपरथी प्रदीपजंग केसी बलाध्यक्ष रथीमा बढुवा भएका...

काठमाडौँ महानगरको बजार अनुगमन: ४९७ पसल पुग्दा २० वटा मात्रै राम्रा

 काठमाडौँ -  गएको असोज १० गतेदेखि काठमाडौँ महानगरपालिकाले सुरु...

१५३ देशका लागि हितकर बीआरआई नेपालका लागि कसरी हुन्छ ‘ऋणको पासो’ ?

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ...

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कति ?

बिहीबार यो वर्षअन्तर्गत अहिलेसम्मकै कम देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम...

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सुरेश आचार्य नियुक्त

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सुरेश आचार्य नियुक्त भएका...

धेरै पढिएको