मौसम: आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । साथै साथै भारतको उत्तर प्रदेश र बिहारको तल्लो वायुमण्डलमा कमजोर न्यून चापीय प्रणाली अवस्थित रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३२ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ९ मिनेट हुनेछ ।

सिफारिस

आइपिएल अक्सन: यी पाँच खेलाडी महंगोमा बिक्री, ऋषभले तोडे रेकर्ड

जेदाह – इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनको पहिलो दिन भारतका पाँच खेलाडी महंगोमा बिक्री भएका छन्। ऋषभ पन्त आइपिएल इतिहासकै महँगा खेलाडी बन्दा श्रेयास...

अदालतले देखायो रविलाई हिरासतमै राख्नुपर्ने यी ५ आधार, कहिले छुट्लान ?

कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमै राख्नुपर्ने ५ आधार देखाएको छ। कास्की प्रहरीले न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा आइतबार म्याद थपका लागि...

पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला तीन दिनको मौसम ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (सोमबार बिहान) कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

अदालतले देखायो रविलाई हिरासतमै राख्नुपर्ने यी ५ आधार, कहिले छुट्लान ?

कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई...

पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला तीन दिनको मौसम ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (सोमबार...

नेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी...

राष्ट्रिय फोटो पत्रकार समूहले बुझायो उपप्रधानमन्त्री सिंहलाई ध्यानाकर्षणपत्र

काठमाडौं - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले उपप्रधान...

मीना चौलागाईंको ‘मनोकाङ्क्षाा’ मुक्तक संग्रह विमोचन

काठमाडौँ - मुक्तककार मिना चौलागाईद्वारा लिखित मनोकाङ्क्षा मुक्तक संग्रह...

धेरै पढिएको