नेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त ८ डीआईजीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जानकारी दिए।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको ब्याचका तीन जना र राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट ५ जना डीआईजीमा बढुवा भएका हुन्।

यसपटक डीआईजी बढुवा भने वरिष्ठताक्रम अनुसार भएको छ। आईजीपी कुँवरको ब्याचका ध्रुवबहादुर राउत, भोलाबहादुर रावल र गणेश चन्दलाई क्रमशः पहिलो दोस्रो र तेस्रो नम्बरमा बढुवाका लागि सिफारिस गरिएको छ।

यस्तै राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीबाट सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर बिक डीआईजीमा सिफारिस भएका छन्।

उनीहरु २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका हुन्। डीआईजीका लागि लविइङ गरिरहेका २०५४ सालका प्रहरी निरीक्षकहरु भने यस पटक छुटेका छन्। यो ब्याचका तीन जना भने यसअघि नै डीआईजीमा बढुवा भइसकेका छन्। डीआईजीहरु दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारी २०५४ को ब्याचका हुन्।

उनीहरु पनि यो टोलीसँगै एसएसपीमा बढुवा भएका थिए। तर डीआईजीमा अगाडी लागेका हुन्। अघिल्लो पटक राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीलाई छुटाए पनि यसपटक उनीहरुलाई प्राथमिकता दिएर बढुवा गरिएको छ।

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको