अदालतले देखायो रविलाई हिरासतमै राख्नुपर्ने यी ५ आधार, कहिले छुट्लान ?

कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमै राख्नुपर्ने ५ आधार देखाएको छ।

कास्की प्रहरीले न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा आइतबार म्याद थपका लागि रविलाई पेस गरेको थियो। कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएका उनलाई पाँचौँपल्ट हिरासतमा राख्न अदालतले अनुमति दिइसकेको छ।

आइतबार रविले थुनाबाहिरै रहे पनि अनुसन्धानमा सघाउने भन्दै रिहाइका लागि इजलाससमक्ष अनुरोध गरेका थिए। त्यस क्रममा न्यायाधीश र रविबीच केहीबेर सवालजवाफ समेत चलेको थियो।

न्यायाधीश हिमलाल बेल्बासले भने १५ दिन थप हिरासतमा राख्न अनुमति हुने आदेश गरिदिए। आदेशमा उनलाई हिरासतमै राख्नुपर्ने ५ आधार उल्लेख गरिएको छ। जसमा पक्राउ परेका केही प्रतिवादीको बयान कार्य बाँकी रहेको पहिलो आधारमा भनिएको छ।

त्यस्तै दोस्रो आधारमा बयान गरेका प्रतिवादीहरूको हकमा थप प्रमाण खुली आएको तथ्यमा पूरक बयान गर्न बाँकी रहेको उल्लेख गरिएको छ। हस्ताक्षर परीक्षण गर्न पठाइएकोमा प्रतिवेदन प्राप्त हुन बाँकी रहेको, प्रतिवादीहरूको कारोबार रहेको घरजग्गा खरिद बिक्रीको लिखत सम्बन्धित कागज प्रमाण प्राप्त भई नसकेको र कल डिटेल्स तथा मोबाइल परीक्षण प्रतिवेदन प्राप्त हुन बाँकी रहेको पनि आदेशमा लेखिएको छ।

संगठित रूपमा सहकारी ठगी गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको कसुरमा अनुसन्धान भइरहेकाले उनलाई हिरासतमै राखी अनुसन्धान अघि बढाउनुपर्ने भएको प्रहरीले दाबी गरेको थियो।

रविसँगै सोही प्रकरणमा पक्राउ परेका लीला पछाई, छविलाल जोशी, रवि लामिछाने र रामबहादुर खनाललाई पनि १५ दिन नै थुनामा राख्न अदालतले अनुमति दिएको छ।

छविलाल जोशी नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक एवं रविका व्यावसायिक साझेदार हुन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका रवि र छविलाई यसबीचमा बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि बयान लिइएको छ। छविलाई काठमाडौँ ल्याएर बयान गराइसकिएको छ भने अब रविलाई ल्याइँदै छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि उनीहरूविरूद्ध मुद्दा चलाउने तयारी छ।

यस्तै चितवनको सहारा चितवन र वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणमा पनि उनीहरूविरूद्ध अनुसन्धान अघि बढाउन प्रहरीले फाइल तयार पारिसकेको छ।

सिफारिस

आइपिएल अक्सन: यी पाँच खेलाडी महंगोमा बिक्री, ऋषभले तोडे रेकर्ड

जेदाह – इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनको पहिलो दिन भारतका पाँच खेलाडी महंगोमा बिक्री भएका छन्। ऋषभ पन्त आइपिएल इतिहासकै महँगा खेलाडी बन्दा श्रेयास...

पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला तीन दिनको मौसम ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (सोमबार बिहान) कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम...

नेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला तीन दिनको मौसम ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (सोमबार...

नेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी...

राष्ट्रिय फोटो पत्रकार समूहले बुझायो उपप्रधानमन्त्री सिंहलाई ध्यानाकर्षणपत्र

काठमाडौं - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले उपप्रधान...

मौसम: आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

मीना चौलागाईंको ‘मनोकाङ्क्षाा’ मुक्तक संग्रह विमोचन

काठमाडौँ - मुक्तककार मिना चौलागाईद्वारा लिखित मनोकाङ्क्षा मुक्तक संग्रह...

धेरै पढिएको