धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि उनी विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य थिए । गत पुस २०देखि धिताेपत्र बाेर्ड नेतृत्वविहीन थियो ।