मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीमाथि मुद्धा नचलाउने निर्णय

काठमाडौँ – मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्व मन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्धा नचलाउने निर्णय भएको छ ।

जापानमा मानव बेचबिखन तथा ओसार पसारको आरोपमा पक्राउ परेका अधिकारीलाई जिल्ला सरकारी वकि लर्यालय काठमाडौँले प्रतिवादी नबनाउने निर्णय गरेको हो । अनुसन्धान प्रतिवेदनमा उनको संलग्नता पुष्टी हुने आधार नदेखिएकाले मुद्धा नचलाउने निर्णय भएको सहन्यायाधिवक्ता सीताराम रिजालले जानकारी दिनुभयो ।

सरकारी वकिल कार्यालयले कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई मुद्धा चलाउनु नपर्ने ९ वटा आधारहरु दिएको छ । नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य समेत रहेका अधिकारीले १६ दिन हिरासत बजेपछि क्लिनचिट पाएका छन् । जापान भ्रमण विवादपछि उनलाई मानव तस्करीको आरोपमा कात्तिक २५ गते विराटनगरबाट पक्राउ गरि काठमाडौँ ल्याएर प्रहरी हिरासतमा राखिएको थियो ।

घटनामा संलग्न  अन्य ११ जनाविरुद्ध भने मुद्धा दर्ता भएको छ । मन्त्रीसँगै जापानबाट फर्किएका तीन, उनीहरुलाई विदेश पठाउने कार्यमा संलग्न दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय विरबहादुर सुनुवार सहित तीन जना तथा नक्कली कागजात बनाउने कार्यमा संलग्न दुई र फरार रहेका तीन जना गरि ११ जनाविरुद्ध मुद्धा दर्ता गरिएको हो ।

उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिता अनुसार मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन र लिखित सम्बन्धी कसुरमा सजाय दावि गर्दै मुद्धा दर्ता गरिएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको