मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारी रिहा

काठमाडौँ – जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । आज (सोमबार) प्रहरीले अधिकारीलाई श्रीमतीको जिम्मा लगाएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

एमालेका सांसद समेत रहेका अधिकारीविरूद्ध आजै मुद्दा नचल्ने निर्णय भएको थियो । सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए । अधिकारी मानव तस्करीको आरोपमा फक्राउ परेका थिए। पक्राउ परेका अरु ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । तीन जना फरार छन् ।

गत कातिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान गएका थिए । सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ हिँडेका अधिकारी र कञ्चन देवकोटाका लागि बिचौलियाले टोकियोमा एउटै होटल बुकिङ गरिदिएको खुलेको थियो ।

टोकियो विमानस्थलबाट निष्कासन भई काठमाडौँ फर्किएका तत्कालीन मन्त्रीसहित ४ जना र ३ जना बिचौलियालाई प्रहरीले पक्राउ परेका थिए । पक्राउ पर्ने बिचौलियाहरूमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल छन् । दावा शेर्पाका भाइ जापानमा बस्छन् । नेपालमा ट्रेकिङ्गको काम गर्ने शेर्पाका भाइले दोलखाका वीरबहादुरलाई चिनेका थिए । त्यही चिनजानका कारण जापान जान दावाले वीरबहादुरको बैंक खातामा ११ लाख ५५ हजार जम्मा गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

देवकोटाले जापान जान १० लाख बुझाएको खुलेको छ । कार्तिक १४ मा डिपोर्ट भएर फर्केपछि उनीहरु काठमाडौँ विमानस्थलबाट समातिएका थिए । जापानबाट फिर्ता भएका शेर्पाले खोटाङस्थित ऐसेलुखर्क गाउँपालिका–२ को वडा सदस्यको परिचयपत्र, देवकोटा र राईले कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ को परिचयपत्र बनाएको पाइएको थियो ।

सिफारिस

राष्ट्रिय प्रसारण ग्रिडले पाँच जलविद्युत कम्पनीसँग गर्‍यो कनेक्सन एग्रिमेन्ट

काठमाडौँ - राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच प्रमुख जलविद्युत प्रवर्द्धक कम्पनीहरू बीच ग्रीड कनेक्शनसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। आज एक...

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय महिला संसद सम्मेलन तथा आइकोनिक महिला पुरस्कार २०२५  सम्पन्न भएको छ। नेपालकी नमिता घिमिरेद्वारा स्थापना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय...

चीन भ्रमण उपलब्धिमूलक रह्यो : मन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले...

रामेछापको मन्थलीमा स्ववियुद्वारा एकैदिन दुई कार्यक्रम 

रामेछाप — मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी...

रसुवाको कालिका गाउँपालिकामा भिटोफ-नेपालको रोपाइँ महोत्सव (तस्वीरहरू)

रसुवा — स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले...

संघीय निजामती सेवा विधेयक पारित, घट्यो मुख्यसचिव र सचिवको पदावधि

संघीय निजामती सेवा विधेयक-२०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबारको...

धेरै पढिएको