सौराहामा १८ औं हात्ती तथा पर्यटन महोत्सव हुने

काठमाडौं – पर्यटकीय नगरी सौराहामा पौष दोस्रो साता १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ।

क्षेत्रीय होटल संघ नेपाल चितवनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौष ११ देखि १५ गतेसम्म सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना गर्न लागेको जनाएको हो।

सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेस्टुराँ एण्ड बार एसोसिएसन नेपालको सहआयोजनामा महोत्सव हुन लागेको हो।

महोत्सवका कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटनहरूको आगमनमा वृद्धि हुने गरेको आयोजकले जनाएको छ। पाँच दिनसम्म सञ्चालन हुने महोत्सव अन्तर्गत विभिन्न गतिविधिमा ८० वटा हात्ती सहभागी हुने क्षेत्रीय होटल संघ चितवन सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिए।

सिफारिस

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

भर्खरै

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

धेरै पढिएको