प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय फोटो पत्रकार समूहले गर्यो यस्ता माग

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरि विभिन्न मागसहितको पत्र हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलिले बालुवाटारमा प्रधामन्त्रीलाई ९ बुँदे माग पत्र बुझाएको हो ।

पत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्राहालयको लागि आवश्यक पहल गराइदिन प्रधानमन्त्रीसंग माग गरेको छ ।

त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जिविकोपार्जन गर्ने सम्पूर्ण फोटोपत्रकारहरूको बिमा तथा स्वास्थ सुरक्षा, फोटो पत्रकारहरूलाई व्यवसायिक तालिम दिन वार्षिक रुपमा बजेट व्यवस्थापन ,समय अनुसार अपडेट रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन पनि माग गरेको  छ ।

उक्त कार्यक्रममा समूहका नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।प्रधानमन्त्रीले पत्रकारितामा फोटोको महत्व धेरै रहेकाले फोटो पत्रकारहरूका लागि राज्यको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।

सिफारिस

एनपीएलको सबै तयारी पूरा, उद्घाटन खेलमा विराटनर र जनकपुर भिड्ने (तस्वीरहरू)

काठमाडौं- शनिबारदेखि सुरु हुने पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को एनपीएलको सबै तयारी पूरा भएको छ । प्रतियोगिताअघि शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रममा क्यानका...

उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि

काठमाडौँ –सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २०रुपैयाँले...

उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन?

स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले गएराति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि

काठमाडौँ –सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि...

उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन?

स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु भएको छ। निर्वाचन...

नेपाल प्रहरीका चार एसपी एसएसपीमा बढुवा

काठमाडौं – नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका चार जना...

पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौं –काठमाडौं हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको...

इजरायलले नेपालबाट केयरगिभर लैजाने

काठमाडौँ - लेबनानस्थित हिजबुल्लाह समूहसँग युद्ध विराम भएसँगै इजरायलले...

कस्तो रहला आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको