नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् ।आज हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्ने छन् । दुई टीमबीचको खेल बिहान ९ बजेबाट शुरू हुनेछ ।
दोस्रो खेलमा आजै दिउँसो काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्न छन् । दोस्रो खेल दिउँसो १ बजेबाट शुरू हुनेछ ।
दोस्रो खेल खेल्न लागेको पोखरा पहिलो जितको खोजीमा रहँदा जनकपुर अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ ।
पहिलो खेलमा चितवनसँग हारेको काठमाडौंले दोस्रो खेलमा कर्णालीलाई हराउँदै उत्कृष्ट पुनरागमन गरेको थियो ।
सुदूरपश्चिमले पहिलो खेलबाटै कमजोर नरहेको सन्देश दिइसकेको छ । विराटनगरलाई हराउँदै शानदार सुरुवात गरेको थियो ।
जनकपुर बोल्ट्स
आसिफ शेख– मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्याण्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्याण्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल– मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपीन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्याण्डस्), म्याट क्रिचली (इंग्ल्याण्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्याण्ड), सुदिप आर्याल (आइकोनिक।