लुम्बिनी लायन्सविरुद्ध नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हात पारेको छ। पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो।
एनपीएलको कीर्तिमानी जित निकाल्ने क्रममा पोखराका ओपनर आन्द्रेस गाउस र दिनेश खरेलले पहिलो विकेटका लागि १ सय ७० रनको साझेदारी गरे।
पोखराले तेस्रो खेलमा आएर पहिलो जित निकालेको हो। योसँगै एनपीएलमा जित निकाल्न बाँकी लुम्बिनी मात्र बाँकी छ।
लुम्बिनीले दिएको १ सय ७१ लक्ष्य पोखराले १६.५ ओभरमा विना विकेटको क्षति भेट्टायो। आन्द्रस १ सय ४ र दिनेश ६१ रनमा अविजित रहे।
पोखरालाई कीर्तिमानी जित दिलाउने क्रममा ओपनर आन्द्रेस गाउसले शतक पूरा गरे। एनपीएलमा शतक पूरा गर्ने उनी पहिलो खेलाडी हुन्। उनले ५४ बलमा १२ चौका र ५ छक्का सहयोगमा शतक पूरा गरेका हुन्।
उनले २० बलमा ५ चौका र ६ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। जारी एनपीएफमा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने उनी पहिलो खेलाडी हुन्।
अर्का अोपनर दिनेश खरेलले ३९ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।
एनपीएलको एकै इनिङ्समा दुई अर्धशतक बनेको यो पहिलो पटक हो।