आन्द्रेसको शतकमा लुम्बिनीविरुद्ध पोखराको कीर्तिमानी जित

लुम्बिनी लायन्सविरुद्ध नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हात पारेको छ। पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो।

एनपीएलको कीर्तिमानी जित निकाल्ने क्रममा पोखराका ओपनर आन्द्रेस गाउस र दिनेश खरेलले पहिलो विकेटका लागि १ सय ७० रनको साझेदारी गरे।

पोखराले तेस्रो खेलमा आएर पहिलो जित निकालेको हो। योसँगै एनपीएलमा जित निकाल्न बाँकी लुम्बिनी मात्र बाँकी छ।

लुम्बिनीले दिएको १ सय ७१ लक्ष्य पोखराले १६.५ ओभरमा विना विकेटको क्षति भेट्टायो। आन्द्रस १ सय ४ र दिनेश ६१ रनमा अविजित रहे।

पोखरालाई कीर्तिमानी जित दिलाउने क्रममा ओपनर आन्द्रेस गाउसले शतक पूरा गरे। एनपीएलमा शतक पूरा गर्ने उनी पहिलो खेलाडी हुन्। उनले ५४ बलमा १२ चौका र ५ छक्का सहयोगमा शतक पूरा गरेका हुन्।

उनले २० बलमा ५ चौका र ६ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। जारी एनपीएफमा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने उनी पहिलो खेलाडी हुन्।

अर्का अ‍ोपनर दिनेश खरेलले ३९ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।

एनपीएलको एकै इनिङ्समा दुई अर्धशतक बनेको यो पहिलो पटक हो।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको