विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा अस्मिता भण्डारी निर्वाचित

काठमाडौँ – विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा पुनः अस्मिता भण्डारी निर्वाचित भएकी छिन् । महासंघको ११‍‍औँ महासम्मेलनले भण्डारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

जनकपुरधाममा सोमबार भएको महाधिवेशनमा महासंघको अन्तर्राष्ट्रिय अध्यक्षको निर्वाचनका लागि उच्च अदालत पाटनका पूर्व मुख्य न्यायाधीश शम्भु बहादुर खड्काकाे संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिको सदस्यहरूमा अधिवक्ता सुशीला ढकाल र भारतबाट अधिवक्ता रामनारायण चौधरी थिए ।

सम्मेलनमा विश्व हिन्दु महासंघका अन्तर्गत भारत, नेपाल,अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश लगायतका मुलुकहरूबाट प्रतिनिधिहरूको सहभागिता थियो ।

त्यस्तै, जानकी मन्दिरका उत्तराधिकारी महन्त श्रीराम रोशन दास, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ लगायत भारतबाट विभिन्न सन्तहरू समेत सहभागी थिए ।

सिफारिस

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरूको अनुहारमा थकान झल्किरहेको थियो। तर, यही व्यस्त सहरको एक कुनामा एक...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

धेरै पढिएको