रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा

काठमाडौं– रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयले क्यान्सरविरुद्धको खोप बनाएको दाबी गर्दै सन् २०२५ भित्र संसारभर उपलब्ध गराउने जनाएको छ ।

मन्त्रालयले मंगलबार मात्रै क्यान्सरको खोप बनाउन रुस सफल भएको औपचारिक घोषणा गरेको थियो । यो जानकारी रुसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले रेडियोमार्फत दिएका हुन् ।

रुसी समाचार एजेन्सी तासका अनुसार यो खोप अर्को वर्षदेखि रुसी नागरिकलाई निः शुल्क दिइनेछ । निर्देशक आन्द्रेईले रुसले क्यान्सर विरुद्धको आफ्नै एमआरएनए खोप विकास गरेको बताए ।

रुसको यो खोजलाई शताब्दीकै सबैभन्दा ठूलो खोज मानिएको छ । रुसको गामालेया नेशनल रिसर्च सेन्टर फर इपिडीमियोलोजी एण्ड माइक्रोबायोलोजीका निर्देशक अलेक्ज्याण्डर गिन्टस्बर्गले खोपको परीक्षणबाट ट्युमरलाई नियन्त्रण गरेको र क्यान्सरका कोष विस्तार रोकिएको दाबी गरेका छन् ।

यस वर्षको सुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस क्यान्सरको भ्याक्सिन बनाउनको नजिक पुगेको बताएका थिए । एमआरएनए वा मेसेन्जर आरएनए मानव आनुवंशिक कोडको सानो भाग हो, जसले मानिसको कोशिकाहरूमा प्रोटिन बनाउँछ।

मन्त्रालयले भनेको छ, ‘यो पनि सरल भाषामा बुझ्न सकिन्छ कि जब कुनै भाइरस वा ब्याक्टेरियाले हाम्रो शरीरमा आक्रमण गर्छ, एमआरएनए प्रविधिले हाम्रो कोशिकाहरूलाई त्यो भाइरस वा ब्याक्टेरियासँग लड्न प्रोटिन बनाउन सन्देश पठाउँछ।’ यसबाट प्रतिरक्षा प्रणालीलाई आवश्यक प्रोटिन प्राप्त हुन्छ र शरीरमा एन्टिबडीहरू बन्छन्।

यसका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत हुन्छ । एमआरएनए प्रविधिमा आधारित यो पहिलो क्यान्सर खोप हो।

यो खोप कुन चरणको वा कस्तो खालको क्यान्सरको उपचारमा प्रयोग हुने भन्ने बारेमा भने केही खुलाइएको छैन ।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको