एनपीएलमा कसले कुन अवार्ड जिते ?

काठमाडौँ – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आकर्षक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन्। नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन्।

एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन्।

नेपाल क्रिकेट सङ्घ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए। ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स एनपीएलको पहिलो संस्करणमा उपविजेता बनेको छ। कप्तान ऐरीले एनपीएलका नौ खेलबाट २२७ रन जोड्दै नौ विकेट बनाएका हुन्।

एनपीएलको विजेता टोली जनकपुर बोल्ट्सका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन्।

उनले एनपीएलमा सानदार प्रदर्शन गर्दै मोटरसाइकल जितेका हुन्। ललित एनपीएलमा १७ विकेट आफ्नो नाममा दर्ता गर्दै चार रन समेत जोड्न सफल भए।

‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’को अवार्ड सुदूरपश्चिम रोयल्सका खेलाडी सैफ जैबले पाएका छन्। उनले पाँच लाखको चेक प्राप्त गरे। जैबले एनपीएलमा सुदूरपश्चिमका लागि २७५ रन जोड्दै १२ विकेट लिएका थिए।

जनकपुरबाट एनपीएल खेलेका अमेरिकाका क्रिकेटर लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’को अवार्ड प्राप्त गरेका छन्। एनपीएलमा ३५ चौका प्रहार गरेका उनले दुई लाखको चेकसहित ‘म्याक्सिमम फोर अफ टुर्नामेन्ट’ अवार्ड पाएका हुन्। मिलान्थाले एनपीएलमा कुल २९३ रन बनाएका छन्।

यसैगरी जनकपुर बोल्ट्सका खेलाडी जिम्मी निशमले ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन्। उनले दुई लाखको चेक समेत प्राप्त गरेका छन्। निशमले जनकपुरका लागि २४७ रन जोड्दै ७ विकेट आफ्नोे नाममा दर्ता गरेका छन्।

कर्णाली याक्सका आइकोनिक खेलाडी विपीन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’को अवार्डसहित ५० हजारको चेक प्राप्त गरेका छन्। साथै उनले प्रेसिडेन्टल ग्राजुयट स्कुलबाट दश लाख बराबरको छात्रवृत्तिसमेत प्राप्त गरेका छन्। विपीनले एनपीएलमा १३ विकेट आफ्नो नाममा दर्ता गरेका छन्। एनपीएलमा लुम्बिनी लायन्सले ‘फेयर प्ले’ को अवार्ड जितेको छ।

सिफारिस

मुग्लिन-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द हुने (सूचनासहित)

मुग्लिङ(नौबिसे सडकखण्ड आज (आइतबार)देखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ। सो सडक खण्डको पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने...

कस्तो रहला आजको मौसम ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (आइतबार बिहान) गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा...

जनकपुरले एनपीएल उपाधि जितेकोमा गाउँपालिकाले दियो आज सार्वजनिक बिदा

पहिलोपटक भएको देशकै ठूलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको उपलक्ष्यमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज (आइतबार) सार्वजनिक बिदा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कस्तो रहला आजको मौसम ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (आइतबार...

जनकपुरले एनपीएल उपाधि जितेकोमा गाउँपालिकाले दियो आज सार्वजनिक बिदा

पहिलोपटक भएको देशकै ठूलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग...

जनकपुरका ललितले पाए अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल

एनपीएलको विजेता टोली जनकपुर बोल्ट्सका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट...

क्रिकेट खेलेर कार पाउने पहिलो खेलाडी बने दीपेन्द्रसिंह ऐरी

काठमाडौं – नेपाल प्रिमियर लिग(एनपिएल) मा सर्वोत्कृष्ट हुँदै सुदूरपश्चिम...

जनकपुरले एनपिएलको उपाधि जित्दाको खुसी (तस्वीरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जनकपुर...

मौसम: कोसीको उच्च भूभागमा आज हिमपात, अन्य ठाउँको के छ ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (शुक्रबार...

धेरै पढिएको