हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। साथै आज साँझबाट सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव विकसित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यतिबेला (सोमबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। साथै तराई लगायत पहाडी भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना छ। साथै कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
आज बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु रकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ।
कस्तो होला मंगलबार र बुधबारको मौसम?