काठमाडौं – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालकाे प्रजातान्त्रिक आन्दाेलनमा पिएल सिंहकाे भूमिका महत्वपूर्ण रहेकाे बताउनुभएको छ । शनिबार सिंहकाे १३ ओैं दिनकाे पुण्यतिथिमा नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उहाँले पिएल सिंहले ०४२ सालकाे सत्याग्रह र ०४६ सालकाे जनआन्दोलनमा पुर्एयाएकाे याेगदानकाे स्मरण गर्नुभयाे । कांग्रेस पूर्वमहामन्त्रीसमेत रहिसक्नुभएका सिंहले पिएल सिंहले प्रजातान्त्रिक आन्दाेलनसँगै असहज बेलामा आफ्नाे परिवारकाे समेत ख्याल गरेकाे बताउनुभयाे।
०४२ सालकाे सत्याग्रह र ०४६ सालकाे जनआन्दोलनका बेलामा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयाे । सिद्धान्त र आदर्शकाे राजनीति गर्ने परिवारमा कष्टकाे त साध्य नहुने । त्यस्ताे समयमा उहाँले हाम्राे अभिभावक बन्नुभयाे,´ उपप्रधानमन्त्री सिंहले पिएल सम्झँदै भन्नुभयाे, उहाँ सरल र सहज स्वभावकाे, सबैले स्वीकार गर्ने र सबैसँग भिज्न सक्ने । भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखर र पिबि नरसिंह रावसमेत उहाँसँग प्रभावित हुनुले उहाँकाे क्षमता बुझ्न सकिन्छ ।´ पिएल सिंह गणेशमान सिंहसाग मात्र नभई सन्त नेता कृष्णप्ररसाद भट्टराईकाे पनि प्रिय रहेकाे सिंहले स्मरण गर्नुभयाे । पिएल सिंह आफूलाई प्राप्त भूमिकालाई गम्भिरताका साथ निभाउने नेता भएकाे पनि उहाँले बताउनुभयाे ।
त्यस्तै काठमाडाैं नगरपालिकाकाे मेयर निर्वाचित भएपछि पिएलले आफ्ने कार्यकालमा काठमाडौंलाई महागनगर बनाएकाे र काठमाडौंकाे विकासका लागि अन्तरास्ट्रिय सहयाेग जुटाएर आधुनिक काठमाडौं बनाउन नेतृत्वदायी भूमिका खेलेकाे सन्दर्भ पनि सिंहले चर्चा गर्नुभयाे ।
कांग्रेस काठमाडौं सभापति सबुज बानियाँकाे सभापतित्वमा भएकाे कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वममहामन्त्री कृष्ण सिटाैला,स्वास्थ्यमन्त्री प्रदीप पाैडेल, कांग्रेस नेता भीमसेनदास प्रधान, राजन केसीलगायत काठमाडौं जिल्ला समिति,महानगरसमितिका सभापति निलकाजी शाक्य, नेतृ सिर्जना सिंह, कांग्रेस काठमाडौं जिल्ला समिति, महानगर समितिका पदाधिकारी, सदस्य तथा भातृ संघसंस्थाका नेता कार्यकर्ता सहभागी थिए ।