पौष १७ गते (१ जनवरी २०१८) मा १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ । यस आलेखमा टोपी दिवस अभियानले पार गरेको एक दशकको यात्रा र पछिल्लो समय उत्पन्न विभिन्न टिका टिप्पणी र बहसलाई समेट्ने कोसिस गर्दैछु ।
त्यसअघि टोपीको ऐतिहासिक पक्षको बारेमा कुरा गरौं । सहरका राजदरवार, सिंहदरवारदेखि गाउँवस्तीका आम मानिसको शिरमा सजिने पहिरन हो टोपी । व्यक्तिको शोभा बढाउन र शिरको रक्षाका निम्ति घेरा हाली सिलाइएको वस्त्र नै टोपी हो । कतिपयले यो शब्द संस्कृत शब्द ‘टोप’बाट आएको बताउछन् जसको अर्थ स्तूपा भन्ने हुन्छ ।
कतिपयले भने औंलामा लगाउने औँठी, कानमा लगाउनेलाई कुण्डल, नाकमा लगाउने नथिया, शिरमा लगाउने शिरपूmल, शिरपोस भने जस्तै टाउकोमा लगाउने वस्त्र भएकाले टोपी भनिएको पनि बताउँदै आएका छन् ।
यस सम्बन्धी अर्काे पनि विचार छ, नेपाल भाषामा काँचो धागोलाई कचिका भने जस्तै कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ । त्यस्तै म्हपूजा र भाइटिकामा लगाउने धागोलाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । यहि धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि (टोपी) भनिन्छ । जुन पछि नेपालीकरण भएर ढाका टोपी हुन पुगेको एक थरिको राय छ । अर्काे थरि भनाइ के पनि छ भने डोटेली खस भाषामा घरमै परम्परागत तरिकाले बनाइएको धागोलाई धाका भन्ने गरिन्छ । जुन धागोबाट बनेको टोपीलाई ढाका टोपी भन्ने गरियो ।
नेपाली शब्दकोषमा शिर छोप्ने, शिरको शोभा बढाउने वा शिरको रक्षाका निम्ति घेरा हालि सिलाइएको वस्त्रलाई टोपी वा शिरपोस भनिएको छ ।
नामाकरणको यावत प्रसँग पछि अब डा.माधवप्रसाद पोखरेलको अनुसन्धानमा समावेश एउटा प्रसँग हेरौं । उहाँका अनुसार बंगालका पाल र सेन शासकहरु सत्ता बहिर्गमनसँगै विस्थापित हुँदै नेपालसम्म आइपुगे । बंगालका पाल र चौधौं शताब्दीमा जुम्लाको खस राजवंशको पतनसँगै पृथ्वी मल्लका रजौटाहरु विभिन्न टुक्रे राज्यका राजा बने । मुकुन्द सेनलाई खस राजाहरुका रजौटा मानिन्छ जसले पाल्पामा सेन वंशको बलियो जग बसाले ।
ढाकाको संस्कृति यिनै सेन शासकहरुसँगै पाल्पा आइपुगेको बताइन्छ । तत्कालिन श्री ३ वीर शमशेरले आप्mना भाइ खड्ग शमशेरलाई पाल्पा धपाएको इतिहास छ । त्यसपछि पाल्पा र काठमाडौंको ओहोरदोहोरसगै सास्कृतिक साइनो जोडिएको बताइन्छ ।
यसरी ढाकाको संस्कृति सेनहरुसँगै काठमाडौं भित्रिए । त्यतिबेला राणाका रानीहरुले ढाकाको चोलो र पछ्यौरा लगाउँथे । पछि ठूला व्यापारीका पत्नीहरुले पनि लगाउन थाले । यसरी विस्तारै सर्वसाधारणमा यसको पहुँच विस्तार भयो ।
इतिहासिविद्हरुका अनुसार ढाका भन्दा भाड्गाउँले टोपी पुरानो हो । भानुभक्त र मोतीराम भटट्ले लगाएजस्तो टोपी चाँहि काश्मिर टर्कीबाट आएको संस्कृतविद्हरुको भनाइ छ । १५ औं शताब्दीमा मुसलमानहरु नेपाल आउँदा यस्तो कार्चेपी प्रकारको टोपी लगाएको इतिहासमा उल्लेख छ ।
इतिहासकारहरुका अनुसार राजा त्रिभुवन र महेन्द्रको पालादेखि ढाका र भाद्गाउँले टोपी चर्चित हुन थालेका हुन् । इतिहासकार ओम धौभडेलका अनुसार जयस्थिति मल्लले जात अनुसार पेशा विभाजन गर्दा श्रेष्ठभित्रका चुल्याद्य, शाखकर्मी र देशप्रधानहरुलाई टोपी बुन्ने जिम्मेवारी दिइएको थियो । यसबाट के कुरा प्रष्ट हुन्छ भने यो टोपी लगाउने चलन मल्लकालमा पनि थियो । राजा त्रिभुवनले टोपीसहितको मुद्रा सार्वजनिक गरेपछि यसको आधिकारिकता र गौरव थप उच्च बन्न पुग्यो ।
ढाका र भाट्गाउँले टोपीको आगमन, प्रयोग र विस्तार जसरी भएता पनि अहिले विश्व समुदायले झट्ट देख्ने बित्तिकै नेपालीलाई चिन्ने एउटा गर्विलो पहिरन टोपी हो भन्ने कुरामा भने कुनै सन्देह छैन ।
टोपी दिवसको सुरुवात
तत्कालीन समयमा नेपालको राष्ट्रिय पोशाकको एउटा महत्वपूर्ण हिस्सा थियो, टोपी । वि.सं. २०६८ सालमा तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले एकल जातीय भन्दै दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोशाकको सूचिबाट हटाएसँगै टोपी दिवसको आवश्यकता महशुस गरिएको हो ।
पहिलो (२०१४) र दोश्रो (२०१५) नेपाली टोपी दिवस सामाजिक सञ्जाल फेसबुकमा सिमित रह्यो । पहिलो बर्षमा फेसबुकमा केही व्यक्तिमा मात्रै सिमित यो अभियानले दोश्रो बर्षमा स्कुलदेखि गाउँसम्म प्रवेश पायो ।
यो विषय फेसबुकमा भाइरल बनेलगतै विभिन्न क्लब, समुह तथा व्यक्तिहरुले आ आप्mनै तरिकाले नेपाली टोपी दिवस मनाउन थाले । त्यसपछि सन् २०१६ देखि ‘जागरुक युवा अभियान नेपाल’ ले माइतीघरबाट प्रभातफेरी कार्यक्रम गर्दै टोपी दिवस मनाउन थाल्यो । अहिले देश विदेशका विभिन्न सहर र गाउँहरुमा आ आप्mनै तरिकाले टोपी दिवस मनाउँदै आएका छन् ।
नेपाली टोपीको प्रवद्र्धन गर्ने उद्धेश्यसहित अन्तराष्टिय नेपाली टोपी दिवस मनाईरहँदा हामीमाथि थुप्रै प्रश्नहरु बाराम्बार आउने गरेका छन् । टोपी लगाउदैमा राष्ट्रवादी भईन्छ र ? आधुनिक युगमा पनि टोपीबाटै चिनाउन खोज्नु सही हो र ? आयातित टोपी कसरी नेपालीको पहिचान हुन्छ ? विदेशी मितिमा नेपाली टोपी दिवस मनाउनुको के अर्थ ? एक दिन टोपी लगाउँदैमा के हुन्छ ? पुरुषले लगाउने टोपी महिलाले किन लगाउने ? लगायतका आलोचनात्मक जिज्ञासाहरु पैदा भएका छन् । अब यी यावत जिज्ञासाहरुमाथि चर्चा गरौं ।
राष्ट्रियता र पहिचानका कुरा
गणतन्त्रात्मक व्यवस्थासँग पहिचानका कुरा जोडतोडले उठेका छन् । यो एकदमै सराहनीय पक्ष पनि हो । हामीले व्यक्ति र समुदायको पहिचान खोजरहँदा देशको पहिचानलाई पनि हेक्का राख्नुपर्छ ।
अन्तर्राष्टिय जगतमा नेपाललाई चिनाउने चिनारी (पहिचान) के के हुन् त ? गौतम बुद्ध, सगरमाथा । हो, यसमा कुनै सन्देह छैन तर नेपाली नागरिक विदेशी भूमिमा पुग्दा उनीहरुले नेपाली भनेर चिन्ने आधार के त ? कुनै विदेशीलाई नेपाली मायाको चिनो दिनु प¥यो भने हामी के दिन्छौं ? यी यावत प्रश्नहरुको सहज, सरल जवाफ हुन्छ, नेपाली टोपी । शिरमा ढाका टोपी देख्ने बित्तिकै नेपालीलाई विश्व समुदायले चिन्दै आएका छन् । यसलाई अझ विस्तार र प्रभावकारी बनाउनुपर्छ भन्नु गलत हो र ?
राष्ट्रवादी र राष्ट्रघाटी काम भनेको टोपी, कछाड, धोती, चोलोले गर्ने होईन व्यक्तिको सोच र ब्यवहारले गर्ने हो । टोपी मात्रै होइन कुनै पनि वस्तु आफैमा गलत हुदैन, त्यसको सदुपयोग गर्ने कि दुरुपयोग भन्ने कुरा व्यक्ति विशेषको कुरा हो । र, त्यसको गुण दोष व्यक्तिमा निर्भर रहन्छ ।
ढाका टोपीलाई एकल जातीय अर्थात क्षेत्री बाहुन र पहाडी समुदायको मात्रै पहिचान भन्दै आलोचना हुँदै आएको छ । यो तर्क बहस होइन विवादको बिउ हो । किनभने यसको प्रयोग गर्ने नगर्ने व्यक्तिगत स्वतन्त्रता कुरा हो । ब्राह्मण, क्षेत्री, जनजाति, मधेसी, दलित, तराई, पहाड, हिमाल सबै समुदायले लगाउने यो टोपी एकल जातीय हो भने कुन चाँही पहिरन बहुजातीय त ?
खास जात्रा पर्व र अवसरमा विभिन्न समुदायले विभिन्न आ आप्mनै सामदायिक टोपीहरु लगाउने गरे पनि सामान्यतः कामकाजदेखि वैदेशिक यात्राका बेला ढाका टोपी नै लगाउने गरेका छन् । पूर्व राष्ट्रपति रामवरण यादवले कहिल्यै टोपी छुटाउनु भएन । गणतान्त्रिक नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक दौरा सुरुवाल र टोपीमा शपथ ग्रहण गर्नु भयो ।
अर्काे कुरा टोपीको बनोटले नै हिमाल पहाड र तराईको प्रतिनिधित्व गर्ने संस्कृतविदहरुले वताउदै आएका छन् । टोपीलाई आत्मसम्मान र समर्पणको प्रतिकका रुपमा लिईन्छ ।
धोती र टोपीको प्रसँग
टोपी दिवस मनाउन थालेको ११ वर्ष पुगेपछि धोतीको विषय जोडेर यसलाई विवादित बनाउने कोसिस भइरहेका छन् । यसलाई आधार बनाएर राजनैतिक लाभका लागि जिन्दावाद र मुर्दावादको नारा लगाएको पनि पायौं । टोपी अभियान कुनै पनि पहिरनको विरोधी अभियान होइन । त्यसो त हाम्रो नारा नै ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने छ । त्यसकारण हामीले धोतीको विरोध गर्ने कुरै आउँदैन ।
हाम्रा शरिरका हरेक अंगको उत्तिकै महत्व छ अर्थात् शरिरमा लगाउने धोती र शिरमा लगाउने टोपी दुबैको आ आफ्नै महत्व छ । टोपी वा धोती कोही कसैको पेवा होइन । काजक्रिया, पुजापाठ गर्दा धोती लगाउँछौं । कतिपय अवस्थामा टिका लगाउन टोपी अनिवार्य मानिन्छ ।
मान्छेको चिनारी दुई किसिमले हुन्छ । व्यक्तित्व र पहिरन । जब कोही मानिस देख्छौं, भेट्छौं लगत्तै हाम्रो ध्यान उसको व्यक्तित्व र राष्ट्रियतातर्फ जान्छ । उसले लगाएको पहिरन र बोल्ने भाषामा हाम्रो ध्यान केन्द्रित हुन्छ । व्यक्ति चिनिनु भन्दा पनि व्यक्तिले राष्ट्र चिनाउनु ठूलो कुरा हो । विश्व समुदायमाझ उपस्थित हुँदा जो कोही व्यक्तिले आप्mनो राष्ट्रियता झल्किने पहिरन लगाउनुको खास कारण पनि यही नै हो । संयुक्त राष्टसंघलगायत विश्वका विभिन्न मञ्चहरुमा विभिन्न देशका प्रतिनिधिहरुले लगाउने पहिरन यसैको उदाहरण हुन् । नेपालका तर्पmबाट सामेल हुने अधिकारीहरुले पनि दौरा सुरुवाल टोपी, सारी चोलो लगाएका हुन्छन् । दौरा सुरुवाल नलगाउदा पनि टोपी लगाएका हुन्छन् । किनभने विश्वमञ्चमा नेपाललाई चिनाउने भनेकै नेपाली टोपीले हो । त्यसकारण एउटा वाध्यात्मक प्रश्न आउँछ, के नेपाली टोपीले जति अरु कुनै पहिरनले नेपालीलाई चिनाउछ ?
मेरो आशय अरु पहिरनप्रति घृणाभाव हुँदै होइन । सवै पहिरनको उत्तिकै महत्व छ त्यसैले जगेर्ना गर्नुपर्छ । तर बनिसकेको पहिचानलाई यथावत राखेर अरुलाई पनि स्थापित गराउन प्रयास गर्नुपर्छ । विभिन्न जातीय र सामुदायिक टोपीहरुको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ । टोपी अभियानकै दिन पारेर विरोधी भावले धोती अभियान थाल्ने होइन बरु फरक फरक दिनमा सबै पहिरनको प्रवद्र्धन गर्ने हो ।
छोरीले टोपी लगाउन हुने कि नहुने ?
हुन त ढाका र भाद्गाउँले टोपी पहिलेदेखि नै पुरुषले मात्रै लगाउदै आएको पहिरन हो । यो जिज्ञासालाई दुई किसिमबाट हेर्न सकिन्छ । पहिलो कुरा त समानता र स्वतन्त्रताको कुरा गरिरहँदा महिलाले टोपी लगाउन हुने कि नहुने भनेर सोच राख्नु नै मनासिव हुँदैन । सर्ट, पाइन्ट, मोटरबाइक, क्याप पनि पहिले पुरुषले मात्रै लगाउथे÷चलाउथे तर पछिल्लो समय यी उत्पादनहरु कसरी महिलामैत्री बने त ? स्कुटर महिलाले चलाउने भन्ने भाष्य छ तर अहिले सडकमा नियाल्ने हो भने आधाआधी स्कुटर चालक पुरुष हुन्छन् । त्यसकारण पहिरन भन्ने कुरा समय परिस्थिति र चलनचल्तीले निर्धारण गर्ने कुरा हुन् । कुनै पनि कुरामा बानी नपर्दासम्म अप्mथ्यारो लाग्ने हो बानी परेपछि सबै कुरा सहज हुँदै जान्छ । अर्काे कुरा दिवस मनाउने र नेपाली पहिचानको प्रवद्र्धन गर्ने कुरामा महिला, पुरुष, बालक, बृद्ध भनेर संकुचित सोच राख्न हुँदैन । के उसो भए नारी दिवसमा पुरुष सहभागि नै नहुने त ?
यसै सन्दर्भमा एउटा ऐतिहासिक प्रसंग पनि जोड्नु उपयुक्त हुन्छ । भनिन्छ, जंग बहादुर राणाकी बहिनी डम्बर कुमारीले नेपाली टोपीको डिजाइन गरेकी थिइन् । उनले रिसाएका आप्mना दाजुलाई फकाउन यो कलात्मक टोपी बनाएर लगाई दिएको वताइन्छ । यस मानेमा एउटी नेपाली चेलीको कला जोडिएको ढाकाटोपी अर्काे नेपाली चेलीले लगाउनु अस्वभाविक हो जस्तो लाग्दैन । अर्काे कुरा टोपी दिवसका दिन सार्वजनिक भएका तस्वीर भिडियो हेरेर हामीले यो पनि भन्न सक्छौं कि टोपीमा सजिएकी नारी झनै सुन्दर देखिन्छन् ।
अंग्रेजी नयाँ बर्षमा नेपाली टोपी दिवस ?
यो विषयमा हामीले जे सन्देश दिन खोजेको हो, नतिजा त्यहि आएको छ तर बाहिर सन्देश भने त्यो हुन सकेको छैन । र, उल्टै डलरवादीको आरोप खेप्न परिरहेको छ । विडम्वना हामी भने समूहका सदस्यहरुको खल्तीबाट सहयोग जुटाउँदै अभियान चलाइरहेका छौं ।
खास कुरा के हो भने पछिल्लो पुस्ताले आँखा चिम्लेर पश्चिमेली संस्कृतिको सिको गर्न थालेका छन । हामीले यो दिन टोपी दिवस नमनाएपनि ‘न्यू इयर’ त मनाउँछन् नै । त्यसैले अंग्रेजी नयाँ बर्षलाई नेपालीपन दिनका लागि यो दिनमा नेपाली टोपी दिवस मनाउन थालिएको हो । यसको मतलव अंग्रेजी नयाँ बर्षको प्रवद्र्धन गर्न वा यसको विरोधमा नेपाली टोपी दिवस मनाउन थालिएको होइन । वितेको ११ वर्षको अनुभवले के भन्छ भने जनवरी १ अन्तराष्टिय नेपाली टोपी दिवसमा रुपमा चिनिन थालेका छन् । त्यसो त कहिल्यै टोपी नलगाउनेहरुले समेत यो दिन नेपाली टोपीमा सजिएर ह्याप्पी नेपाली टोपी डे भन्दै सोसल मिडियामा फोटो अप्लोड गर्न थालेका छन् । यदि यो दिन टोपी दिवस हुन्नथ्यो भने ह्याप्पी न्यू इयर भन्दै घुमफिरका अरु नै कुनै फोटो अप्लोड हुन्थ्यो होला सायद ।
यो अभियन्ताहरुका लागि मात्रै होइन समग्र नेपाल र नेपालीको गर्वको कुरा हो । यसले एकातिर नयाँ पुस्तालाई नेपाली टोपी चिनाउने अवसर दिलाएको छ भने अर्काेतिर नेपाली पहिचानको जगेर्ना पनि भएको छ । बैशाख १ गते त हामी आप्mनो मौलिक नयाँ वर्ष मनाउँछौं नै ।
कतिपयले एक दिन टोपी लगाउँदैमा के हुन्छ ? भन्ने जिज्ञासा पनि राख्ने गरेका छन् । हामी हरेक चाडपर्व वर्षमा एक पटक मनाउँछौं नि होइन र ? दिवस भनेकै एक दिन मनाउने हो । यस्ता कार्यक्रमहरुले पनि वस्तु तथा चेतनाको अभिवृद्धि गराउँछ ? सधै खाएकै हो, सधै लगाएकै हो भनेर चाडपर्व मनाउन छाडियो भने अवस्था के हुन्छ ?
पछिल्लो केही बर्ष यता नेपाली टोपी युवापुस्ताको नजरमा पर्न थालेको छ । यो एकदमै सकारात्मक र खुसीको कुरा हो । टोपी दिवसमा आम नेपालीले देखाएको चासो, विद्यालयहरुको औपचारिक पोशाकमा समावेश, विभिन्न सभा समारोहको दृश्य लगायतले टोपीको बढ्दो क्रेज छर्लंग पार्छ । अचेल बैबाहिक समारोहमा सुट पाइन्ट भन्दा दौरासुरुवाल टोपी लगाउनेहरुको जमात बाक्लो छ । काठमाडौंसहित आधा दर्जन बढी विद्यालय कलेजहरुले टोपीलाई औपचारिक पोशाकमा समावेश गरेका छन् । सभा समारोह लगायतका औपचारिक कार्यक्रममा सहभागिहरुले पनि टोपीलाई गर्वका साथ लगाउने गरेका छन् । दौरा सुरुवाल नलगाएकाहरुले पनि टोपीलाई गर्वका साथ लगाएका छन् ।
नेपालमा थुप्रै जातीय तथा सांस्कृतिक टोपीहरु प्रचलनमा छन् । त्यसका साथै थुप्रै मौसमी र फेसनेवल टोपीहरु भित्रिरहेका छन् । बिशेषतः कालोटोपी, भाद्गाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीको रुपमा चिनिँदै आएको छ । विगतदेखि नै विश्व समुदायले पनि यही टोपीलाई नेपाली टोपी भनेर बुभ्mदै मान्दै आएका छन् ।
नेपाली टोपी दिवसको तात्पर्य झट्ट हेर्दा पहिचानका कुरा जस्तो मात्रै लागे पनि टोपीको प्रवद्र्धन हुनु भनेको आर्थिक विकासको एउटा पाटो पनि हो । नेपाली टोपीलाई अन्तर्राष्ट्रियकरण गर्न सके यसलाई निर्यात गरेर आम्दानी गर्न सकिन्छ । नेपाल आउने पर्यटकले नेपालको चिनोस्वरुप टोपी किनेर लैजाने छन् । नेपाली सामान निर्यात हुनु भनेको कुनै एउटा जाति र समुदायलाई मात्रै फाइदा हुने होइन । टोपी दिवससँगै टोपीको प्रवद्र्धन पश्चात खस्किएको टोपीको व्यापार समेत उकालो लागेको समाचारहरु हरेक वर्ष सार्वजनिक भईरहेका छन् ।
नेपाली समाजमा टोपीको प्रयोग पनि विभिन्न किसिमले हुने गरेको छ । सम्मान र आर्शिवादका लागि टोपी लगाइ दिने चलन छ भने शोकमा पर्दा टोपी फुकाल्ने चलन छ । चोखो होस् भनेर भोजन गर्दा टोपी फुकाल्ने परम्परा पनि विद्यमान छ ।
अझ टोपी लगाउने तरिकाहरुको विषयमा त झन् रोचक किस्साहरु छन् । शाषकवर्ग, व्यापारी, मजदुर, जुवाडे, प्रेमी, चोर, जवान, बृद्ध इत्यादिले टोपी लगाउने आ आप्mनै तरिका छन् । यस्तै धार्मिक कार्यक्रममा जाँदा दायाँ र प्रेमिका भेट्न जाँदा बायाँ ढल्काएर टोपी लगाउने चलन छ । जुवा खेल्दा पछाडि ढल्काएर टोपी लगाउने गरिन्छ भने घोप्टो पारेर टोपी लगाउनेलाई चोर जस्तो भन्ने चलन छ । सिधा टोपी लगाउनेलाई भलाद्मी भन्ने गरिन्छ । मन्दिरलाई गजुरले शोभा दिए जस्तै टोपीले व्यक्तिको व्यक्तित्व बढाउँछ ।