माओवादीका सबै पदाधिकारीले सम्पत्ति सार्वजनिक गर्नु पर्ने

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरूको सबै सम्पत्ति सार्वजनिक गर्ने प्रस्ताव गरेका छन् । आइतबारदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार व्याङ्क्वेटमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले सो प्रस्ताव पेस गरेका हुन् ।

आगामी फागुन १ गतेसम्म पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने र अन्य नेताहरूको हकमा केन्द्रीय कार्यालयमा बुझाउने गरी उनले प्रस्ताव ल्याएको सचिव चक्रपाणि खनालले जानकारी दिए ।

‘पार्टी रुपान्तरण भनेका छौँ । केन्द्रका नेताहरूबाट नै पहिला शुद्धीकरण आवश्यक छ । पदाधिकारी तहका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गरेर जाने प्रस्ताव ल्याउनु भएको छ, केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको पनि सम्पत्ति सार्वजनिक गर्ने भनिएको छ । सबै नेताहरूको सम्पत्ति केन्द्रीय कार्यालयमा अडिट गराउने र आवश्यक पर्दा सार्वजनिक गर्ने प्रस्ताव ल्याउनु भएको छ । त्यसका लागि फागुन १ गतेसम्मको डेट लाइन दिनुभएको छ । यति मात्र नभई सबै नेताहरूको आयस्रोत के हो ? कसरी बाँचेका छन् भन्ने विवरण दिने प्रस्ताव छ’, उनले जानकारी दिए ।

खनालले मूलभूत रूपमा पार्टीको तत्कालीन समस्या समाधानका लागि प्रचण्डको प्रस्ताव ठिक भएपनि अझै संश्लेषण हुन जरुरी रहेको बताए ।

‘वैचारिक र कार्ययोजनाको हिसाबले प्रचण्डको प्रस्ताव ठिकै छ । आन्तरिक वैचारिक बहसलाई पनि सम्बोधन गर्न खोजिएको जस्तो देखिन्छ । तर सांगठनिक प्रतिवेदन माझिने किसिमले आएको छैन । हामी जहिले पनि लेनिनकालीन संगठनात्मक सिद्धान्त भनेर हुँदैन’, उनले भने, ‘नेपालको परिवेशमा फरक ढंगले सोच्नुपर्छ । कार्यनीति निर्वाचन मुख्य हो । निर्वाचनमा जाने नयाँ ढंगले गर्नुपर्छ । नेपालको सन्दर्भ बहस गर्नुपर्छ । अहिलेको कार्यनीति निर्वाचन भएकाले त्यसै अनुसार हुनुपर्छ । विगतका शुद्धता मात्र खोजेर हुँदैन ।’

यस्तै विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमा जाने भन्ने विषयमा प्रस्तावमा तिथि मिति नतोकिएको उनको भनाइ छ । आयोजक समितिमा परिणत गरेर जाने विषयमा केन्द्रीय समिति बैठकलाई जिम्मा दिएको उनको भनाइ छ ।

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको