‘मोवाइलसँग होइन, साथीसँग खेल’ भन्ने नारासहित लुभुमा महालक्ष्मी फुटबल फेस्टिबल

ललितपुर – ‘मोवाइलसँग होइन, साथीसँग खेल’ भन्ने मूल नारा लिएर महालक्ष्मी स्पोर्टस् हबद्धारा ललितपुर स्पोर्टस् ट्रेनिङ्ग सेन्टर तथा फिरफिरे युवा क्लबसँगको सहकार्यमा महालक्ष्मी न.पा वडा नं ८, लुभुमा शनिबार ‘महालक्ष्मी फुटबल फेस्टिबल’को आयोजना गरिएको छ ।

फेष्टिबलमा संस्थाद्धारा संचालित फुटबल ट्रेनिङ्गमा आवद्ध तथा विभिन्न उमेर समूहका स्थानिय बालबालिका तथा युवाहरुको सहभागिता रहेको थियो । बालबालिका तथा युवाहरुको फुटबलसँग सम्बन्धित सीपहरु जस्तै सुटिङ, हेडिङ, ड्रिबलिङ, पासिङ् लगायतका सीपहरुको प्रदर्शनको आधारमा विजेता छनौट गरिएको थियो ।

सहभागी बालबालिकाहरुको बीचमा मनोरञ्जनात्मक मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा समेत आयोजना गरिएको थियो । सहभागि सबै बालबालिकालाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो भने, विजेता टोलिलाई व्यक्तिगत मेडल तथा कप प्रदान गरिएको थियो ।

उक्त फेस्टिबलमा विशेष खेलको रुपमा क्रिकेटलाई समेत सहभागि गराई तीन टोलीको बीचमा प्रतिस्पर्धा गराईएको थियो । क्रिकेट प्रतियोगितामा जिल्ला क्रिकेट संघ ललितपुरको टीम विजयी घोषित भयो । महालक्ष्मी स्पोर्टस् हब खेलकुद तथा सामाजिक विकासमा लामो अनुभव बोकेका सामाजिक उद्यमीहरुद्धारा संचालित एक सामाजिक उद्यम हो । मोबाईलको अति प्रयोगबाट बालबालिका तथा युवाहरुमा परेको शारिरीक तथा मानसिक प्रभावलाई विभिन्न खेलकुदको माध्यमबाट कम गर्ने लक्ष्य संस्थाले लिएको छ जसको लागि संस्थाले नियमित तालिम, प्रतिस्पर्धा, लिग म्याचहरुको आयोजना, स्थानिय तथा उपत्यका बाहिरका विभिन्न एकेडेमीसँगको सहकार्यमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै जाने योजना रहेको छ ।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको