‘मोवाइलसँग होइन, साथीसँग खेल’ भन्ने नारासहित लुभुमा महालक्ष्मी फुटबल फेस्टिबल

ललितपुर – ‘मोवाइलसँग होइन, साथीसँग खेल’ भन्ने मूल नारा लिएर महालक्ष्मी स्पोर्टस् हबद्धारा ललितपुर स्पोर्टस् ट्रेनिङ्ग सेन्टर तथा फिरफिरे युवा क्लबसँगको सहकार्यमा महालक्ष्मी न.पा वडा नं ८, लुभुमा शनिबार ‘महालक्ष्मी फुटबल फेस्टिबल’को आयोजना गरिएको छ ।

फेष्टिबलमा संस्थाद्धारा संचालित फुटबल ट्रेनिङ्गमा आवद्ध तथा विभिन्न उमेर समूहका स्थानिय बालबालिका तथा युवाहरुको सहभागिता रहेको थियो । बालबालिका तथा युवाहरुको फुटबलसँग सम्बन्धित सीपहरु जस्तै सुटिङ, हेडिङ, ड्रिबलिङ, पासिङ् लगायतका सीपहरुको प्रदर्शनको आधारमा विजेता छनौट गरिएको थियो ।

सहभागी बालबालिकाहरुको बीचमा मनोरञ्जनात्मक मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा समेत आयोजना गरिएको थियो । सहभागि सबै बालबालिकालाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो भने, विजेता टोलिलाई व्यक्तिगत मेडल तथा कप प्रदान गरिएको थियो ।

उक्त फेस्टिबलमा विशेष खेलको रुपमा क्रिकेटलाई समेत सहभागि गराई तीन टोलीको बीचमा प्रतिस्पर्धा गराईएको थियो । क्रिकेट प्रतियोगितामा जिल्ला क्रिकेट संघ ललितपुरको टीम विजयी घोषित भयो । महालक्ष्मी स्पोर्टस् हब खेलकुद तथा सामाजिक विकासमा लामो अनुभव बोकेका सामाजिक उद्यमीहरुद्धारा संचालित एक सामाजिक उद्यम हो । मोबाईलको अति प्रयोगबाट बालबालिका तथा युवाहरुमा परेको शारिरीक तथा मानसिक प्रभावलाई विभिन्न खेलकुदको माध्यमबाट कम गर्ने लक्ष्य संस्थाले लिएको छ जसको लागि संस्थाले नियमित तालिम, प्रतिस्पर्धा, लिग म्याचहरुको आयोजना, स्थानिय तथा उपत्यका बाहिरका विभिन्न एकेडेमीसँगको सहकार्यमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै जाने योजना रहेको छ ।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको