फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्त लिइरहनु नपर्ने बताउनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान) को रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपदका ठाउँहरु आफै बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताउनुभएको हो । सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट विजुली उत्पादनको मार्गचित्र तयार गरेको छ ।

“हामीसँग आठ वटा औद्योगिक क्षेत्रहरु छन् । धौबादी फलाम खानी र मल कारखाना खोल्दैछौँ । दैलेखमा ग्याँस उत्पादन हुँदैछ । ध्वस्त भएको उद्योगहरुले पुनःजीवन पाउँदैछन् । ती सबैमा ऊर्जाका खपद हुनेछ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ । यस क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ । देशलाई आधुनिकीकरण र विकास गर्दै अध्याँरोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरुको योगदानको उच्च मूल्याङ्कन र प्रशंसा गर्दछु । तपाईँहरु लगानी गर्नुस्, लगानी खोन्दै अरुलाई खोला दिइरहनु पर्दैन ।”

प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको जनाउँदै व्यवस्था बदलियो अवस्था बदलिएन भन्नेहरुलाई उत्पादकहरुले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गर्नुभयो ।

राजनीतिक सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको स्पष्ट गर्दै आगामी १५ दिनपछि हुने ससद्को अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले आयातीत फोसिल फ्युलको कम प्रयोग गर्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता व्यक्त गर्नुभयो।

सिफारिस

जीबी राईको राहदानी रद्द गर्न अदालतको आदेश

कास्की जिल्ला अदालतले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश हिमाल बेलबासेको इजलासले राईको राहदानी...

प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजिनामा

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले गठबन्धन सरकार रहिराख्ने नैतिक अधार गुमेको टिप्पणी गरेका छन्। संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार विपक्षी...

विपक्षी दलले जारी गरे संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौँ - प्रतिपक्ष र सरकारमा रहेका सात राजनीतिक दलले संयुक्त वक्तव्य जारी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजिनामा

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

विपक्षी दलले जारी गरे संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौँ - प्रतिपक्ष र सरकारमा रहेका सात राजनीतिक दलले...

ललितपुरका यी स्थानमा काटिँदैछ आज साढे ६ घण्टा बिजुली

नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती...

कस्तो रहला आज देशभरको मौसम?

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको...

जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं - जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२०...

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका...

धेरै पढिएको