बागलुङ – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लाेकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजाेर बनाउने प्रयासमा रहेकाे बताउनुभएकाे छ । मंगलबार नेपाली कांग्रेस बागलुङले आयाेजना गरेकाे कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले कांग्रेस कमजाेर भए लाेकतन्त्र कमजाेर हुने बताउनुभयाे ।
विगतमा जनताकाे गुमेकाे अधिकार नेपाली कांग्रेसले पुनःस्थापित गरेकाे भन्दै अहिले प्राप्त अधिकारकाे रक्षाका लागि सुदृढ र एकतावद्द कांग्रेस आवश्यक रहेकाेमा उपप्रधानमन्त्री सिंहले जाेड दिनुभयाे ।
त्यस्तै, उहाँले अहिले कांग्रेस र एमालेबीचकाे सहकार्य स्थिर सरकार हाेस् भन्ने नागरिककाे चाहना र समयकाे मागअनुसार नै भएकाे पनि प्रष्ट पार्नुभयाे । सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेकाे भन्दै उहाँले सहमति अनुसार नै कांग्रेस- एमालेबिच सत्ता सहयात्रा अघि बढ्ने दाबी गर्नुभयाे ।
गत चुनावपछि बनेका सरकारहरू लामाे समय टिकेनन् । स्थीर सरकार बनाेस् भन्ने चनचाहनाअनुरूपनै वर्तमान सरकार बनेकाे हाे,´ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले भन्नुभयाे, ७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ । सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवाकाे नेतृत्वमा चुनाव हुन्छ ।´
उहाँले कांग्रेसकाे स्वभाव सबैलाई मिलाएर अघि बढ्ने रहेकाे भन्दै पार्टिभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहनेले मिलाएर अघि बढ्नुपर्ने बताउनुभयाे । बाग्लुङमा रहँदा सिंहले बुधबार बाग्लुङ नगरपालिकालाई बालमैत्री नगर घाेषणा सभामा सहभागि हुनुहुनेछ भने शहरी विकास मन्त्रालयअन्तर्गतका याेजनाहरूकाे पनि निरिक्षण गर्नुहुनेछ ।