नेपाली सेनाले मंगलबारदेखि फोटो तथा बृहत् प्रदर्शनी आयोजना गर्ने

काठमाडौं – नेपाली सेनाले मंगलबारदेखि फोटो तथा बृहत् प्रदर्शनी आयोजना गर्ने भएको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनी जङ्गी अड्डामा हुनेछ।

नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरणको प्रदर्शनी गरिनेछ। त्यसका साथै सैनिक पोशाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयको विविध प्रस्तुति रहनेछ ।

आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना हुने गर्न लागेको निर्देशनालयले जनाएको छ। प्रदर्शनीबाट आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई नेपाली सेनाका विभिन्न गतिविधिका बारेमा जानकारी हासिल गर्न सहज हुने विश्वास लिएको सूचना निर्देशनालयको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

माघ १८ गतेसम्म चल्ने प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

सिफारिस

ठूलो मानवीय क्षति हुनसक्ने खतराले सिंहदरबार जोगाउन सकिएन : नेपाली सेना

काठमाडौं - नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सिंहदरबारलगायतका महत्त्वपूर्ण संरचना जोगाउन ठूलो मानवीय क्षति हुने देखिएकाले बल प्रयोग नगरेको स्पष्ट पारेको छ। सेनाको युद्धकार्य...

नेपालले जित्यो टी–२० विश्वकप छनोटको उपाधि

काठमाडौं - नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ ।ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले...

सेनाले भन्यो: जेनजी आन्दोलनमा १९० भीआईपीलाई उद्धार गरेर सुरक्षा दियौं

काठमाडौं — जेन–जी आन्दोलनका क्रममा कुल ६१ जना भीआईपीको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। सेनाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत भदौ २३ गतेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपालले जित्यो टी–२० विश्वकप छनोटको उपाधि

काठमाडौं - नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक...

सेनाले भन्यो: जेनजी आन्दोलनमा १९० भीआईपीलाई उद्धार गरेर सुरक्षा दियौं

काठमाडौं — जेन–जी आन्दोलनका क्रममा कुल ६१ जना भीआईपीको...

तस्वीरमा हेर्नुस् ७० औं प्रहरी दिवस

आज नेपाल प्रहरीले ७० औँ प्रहरी दिवस मनाइरहेको छ...

उद्यमी मिना महर्जन सम्मानित

काठमाडौं - नेपाल हस्तकला महासंघ (Federation of Handicraft Associations...

फोटो महोत्सवमा सहभागिता हुन एनएफपिजेका अध्यक्षसहित तीन प्रतिनिधि चीन प्रस्थान

काठमाडौं - राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल(एनएफपिजे)का केन्द्रीय अध्यक्ष...

भृकुटीमण्डपमा तिहारको उत्सव, फूलको महोत्सव (तस्वीरहरू)

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि तेश्रो तिहार फ्लोरा एक्स्पो सुरु भएको...

धेरै पढिएको