उर्जामन्त्री खड्का भारतको नयाँदिल्ली प्रस्थान

काठमाडौँ – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिन नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि १४ तारिखसम्म सञ्चालन हुन लागेको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का आज दिउँसो नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्व तथा भारतीय पेट्रोलियम उद्योग महासंघको आयोजना हुन लागेको उक्त सम्मेलनमा भारतको कम कार्बन वृद्धि अर्थव्यवस्थाको लागि अग्रगामी मोडेलको विषयमा छलफल हुनेछ ।

यस्तै, ऊर्जा पहुँच, सुरक्षा, किफायती र दिगोपनको लागि भारत सरकारको प्रतिबद्धतालाई उक्त कार्यक्रमले थप उजागर गर्नेछ । भारतको ऊर्जा सप्ताहले सबैका लागि स्वच्छ ऊर्जा भविष्यतर्फ प्रेरित गर्ने बताइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने उक्त कार्यक्रम १० देशका ७० हजार उर्जा व्यवसायी सहभागी रहने बताइएको छ । यस्तै, ९० सत्रमा छलफल हुने, ५०० वक्ताले धारणा राख्ने र ७०० कम्पनीले प्रदर्शन कक्ष राख्ने जनाइएको छ ।

मन्त्री खड्काले उक्त कार्यक्रममा ‘क्लिन कुकिङ’ र ‘इनर्जी एक्सेस ग्याप’सम्बन्धी दुईवटा मन्त्रीस्तरिय सेसनलाई सम्बोधन गर्नुहुनेछ । मन्त्री खड्कासँगै कार्यक्रममा भाग लिन मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रवल अधिकारी र अर्थ विज्ञ अमित श्रेष्ठ नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

सिफारिस

चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ। ९२ वर्षीया दाहालको उपचारका क्रममा सोमबार दिउँसो साढे २ बजे दीर्घायु अस्पतालमा निधन भएको गोकर्णेश्वर नगरपालिका...

प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर, क–कसले पाए जिम्मेवारी ?

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ल सचिवालयबाट बाहिरिएका छन् । मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबारदेखि अध्यक्ष प्रचण्डको...

क्यानडालाई ५१ औँ राज्य बनाउने ट्रम्पको चाहना, होला त पूरा ?

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राज्य बनाउन चाहेको बताएका छन्। उनले क्यानडाका कारण वार्षिक दुई अर्ब अमेरिकी डलर खर्च भइरहेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर, क–कसले पाए जिम्मेवारी ?

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका...

क्यानडालाई ५१ औँ राज्य बनाउने ट्रम्पको चाहना, होला त पूरा ?

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ...

आजको मौसम: तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको...

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो...

धेरै पढिएको