हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुने भएको छ । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा आगामी ३ फागुनमा आराम, आनन्द र आरोग्य भन्ने मूल नाराका साथ स्वास्थ्य शिविर हुन लागेको हो ।

हेलम्बु-७, महाङ्कालस्थित स्वास्थ्य चौकीमा हुने शिविरका लागि काठमाडौंबाट १० बीएएमएस तथा एक विशेषज्ञ चिकित्सक र एक जना फिजियोथेरापिस्ट जाने कार्यक्रम संयोजक डा. सुष्मा साउदले जानकारी दिइन् ।

शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि विभिन्न रोग, जस्तै हाडजोर्नी, नशा, पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक, पायल्स, फिसर, फिस्टुला, महिनावारी गडबडीलगायत समस्याको परीक्षण, उपचार तथा परामर्श प्रदान गरिने उनले बताइन् । ‘जटिल किसिमका रोगका लागि अस्पताल तथा उपचार विधिबारे परामर्श प्रदान गरिने छ’, उनले भनिन्, ‘स्वास्थ्य शिविरबाट उपलब्ध गराइने सम्पूर्ण सेवा तथा औषधिहरू निशुल्क हुनेछन् ।’

खानपान, जीवनशैली, योग र आरोग्यबारे जनचेतनामूलक सन्देशहरू पनि प्रवाह गरिने डा. साउदले बताइन् । उनका अनुसार, एक दिने शिविरमा ५ सय जनालाई सेवा दिने लक्ष्य राखिएको छ । शिविरबाट लाभान्वित हुन हेलम्बु गाउँपालिकाले प्रत्येक वडाका बासिन्दालाई सूचित गराइरहेको जनाएको छ ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको