नेपाल प्रहरी दक्षिण एशियाकै उत्कृष्ट : सांसद ढकाल

काठमाडौं – प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले नेपाल प्रहरी सम्बन्धि कानुनलाई संशोधन तथा एकीकरण गर्न सरकारले ल्याएको विधेयकको स्वागत गर्नुभएको छ ।प्रतिनिधि सभामा प्रहरी ऐन २०८१ माथिको छलफलमा सहभागी हुँदै सांसद ढकालले नेपाल प्रहरी अपराध अनुसन्धान तथा सरकारी वकिल अभियोजनसँग सम्बन्धित रहेको बताउनुभयो । उहाँले मुलुकको राष्ट्रिय सुरक्षाको दुईवटा कमाण्ड मध्ये बाह्य सुरक्षा नेपाली सेना र आन्तरिक कमाण्ड नेपाल प्रहरीको हुने बताउनु भयो । नेपाल प्रहरीको मूलभूत काम अपराध अनुसन्धान गर्नु र शान्ति सुरक्षा प्रदान गर्नु भएको बताउदै सांसद ढकालले प्रस्तुत विधेयकले नेपाल प्रहरीको जिम्मेवारीलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले विद्यमान सिमित साधन श्रोत र प्रविधिका बाबजूद पनि नेपाल प्रहरीले नेपालमा मात्र नभई विश्वमा उत्कृष्ट काम गरेको बताउनुभयो । सांसद ढकालले भन्नु भयो, “मलाई लाग्छ दक्षिण एशियामा नेपाल प्रहरी एक नम्बरमा नै आउछ, यो हामीले मात्र भनेका होइनौं अरुले पनि भनेको कुरा हो । तर यस्तो संगठन अहिलेसम्म पनि एउटा नियमावलीबाट धेरै कामहरु सञ्चालन गर्नुपर्ने अवस्था थियो, र त्यसको अन्त्य गर्दै नेपालको संविधानको धारा ६८ को व्यवस्था बमोजिम यो विधेयक आएको छ । यसले प्रहरी ऐन २०१२ लाई खारेज गरेको छ र यो विधेयक नेपालको संविधान र संघीयता कार्यान्वयन गर्न सहयोग गर्नेछ ।”

ढकालले नियमावलीका माध्यमबाट हुँदै आएका धेरै कार्यलाई ऐनमा समावेश गरेर प्रहरी संगठनलाई थप व्यवस्थित,व्यवसायिक, जनउत्तरदायी र पारदर्शी बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले नयाँ बन्ने ऐनले प्रहरी संगठनलाई मजबूद र व्यवसायी बनाउँदै उनीहरुको मनोबललाई उच्च र प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो ।विधेयकमा उमेर हदसम्बन्धी राखिएको प्रावधान दक्षिण एसियाली राष्ट्रहरुको प्रहरी संगठनहरुसँग मिल्दोजुल्दो भएको बताउँदै सांसद ढकालले नयाँ ऐनमा “अमर प्रहरी” को पनि व्यवस्था गरिनु स्वागतयोग्य भएको बताउनुभयो ।

उहाँले आइजिपीको नियुक्तिको पनि स्पष्ट व्यवस्था गरेको बताउँदै प्रहरी संगठनमा राजनीतिक हस्तक्षेपको अन्त्यको सुनिश्चिता नयाँ ऐनले गरिनुपर्ने बताउनुभयो । पूर्व मन्त्रि समेत रहेका ढकालले प्रहरीको प्राविधिक सेवाको बारे थप स्पष्टता आबस्यक रहेको बताउदै विधेयकमा जनपथ सेवाबाट मात्र आइजिपी बन्न नसक्ने प्रावधान सहि रहेको बताउनुभयो ।

सिफारिस

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यबीचको कानुनी लडाइँ सर्वोच्च अदालतमा प्रवेश गरेको छ। बिहीबार...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

धेरै पढिएको