अन्तर्राष्ट्रिय महिला फुटबलः नेपालको विजयी सुरूवात (तस्वीरहरू)

काठमाडौं – नेपालले फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा विजयी सुरूवात गर्दै किर्गिस्तानलाई १-० ले पराजित गरेको छ। दशरथ रंगशालामा भएको खेलमा विमला चौधरीले निर्णायक गोल गर्दै नेपाललाई महत्वपूर्ण तीन अंक दिलाइन्।

नेपालले खेलभरि नै दबाब सिर्जना गरे पनि गोल गर्ने अवसरलाई सदुपयोग गर्न संघर्ष गर्यो। खेलको छैटौं मिनेटमै नेपालले गोल गर्ने मौका बनायो, तर रेखा पौडेलको प्रहार किर्गिस्तानकी गोलकिपर दिलनुरा अबिबुल्लाहले बचाइन्। त्यसको चार मिनेटपछि, सबिता राना मगरको सटिक पासमा विमला चौधरीले हेडरमार्फत खेलको एक मात्र गोल गरिन्।

नेपालले पहिलो हाफमै थप अग्रता लिने अवसरहरू पाए पनि फिनिसिङमा कमजोरी देखियो। प्रिती राईको फ्री-किकमा विमला चौधरीको प्रहार गोलकिपरले बचाइन भने रेणुका नगरकोटीको प्रहार थोरै अन्तरले बाहिरियो। पहिलो हाफको इन्जुरी समयमा रश्मी कुमारी घिसिङ र सबिता राना मगरका प्रहार क्रसबारमा लागेर फर्किए।

दोस्रो हाफमा नेपालले खेलमा थप ऊर्जा भर्ने प्रयास गर्यो। डिफेन्डर विमला विकलाई रिप्लेस गर्दै स्टार स्ट्राइकर साबित्रा भण्डारी मैदान प्रवेश गरिन्। नेपालले आक्रमणको लय जारी राखे पनि किर्गिस्तानको डिफेन्स पार गर्न सकेन। खेलको ५३औं मिनेटमा विमला चौधरीले हातले गोल गरेपछि रेफ्रीले पहेंलो कार्ड दिइन्। ८२औं मिनेटमा सबिता राना मगरको प्रहार पोष्टको नजिकैबाट बाहिरियो।

अन्ततः नेपालले १-० को जित निकाल्दै प्रतियोगिताको सफल सुरूवात गर्यो। यसअघि भएको अर्को खेलमा म्यानमारले लेबनानलाई ३-१ ले हराएको थियो। समुहको अंकतालिकामा नेपाल र म्यानमार समान ३-३ अंकसहित अगाडि छन्।

अब नेपालले आगामी शुक्रबार लेबनानको सामना गर्नेछ। यस खेलमा नेपालले फिनिसिङ सुधार्दै जितको लय कायम राख्न प्रयास गर्नेछ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको