अन्तर्राष्ट्रिय महिला फुटबलः नेपालको विजयी सुरूवात (तस्वीरहरू)

काठमाडौं – नेपालले फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा विजयी सुरूवात गर्दै किर्गिस्तानलाई १-० ले पराजित गरेको छ। दशरथ रंगशालामा भएको खेलमा विमला चौधरीले निर्णायक गोल गर्दै नेपाललाई महत्वपूर्ण तीन अंक दिलाइन्।

नेपालले खेलभरि नै दबाब सिर्जना गरे पनि गोल गर्ने अवसरलाई सदुपयोग गर्न संघर्ष गर्यो। खेलको छैटौं मिनेटमै नेपालले गोल गर्ने मौका बनायो, तर रेखा पौडेलको प्रहार किर्गिस्तानकी गोलकिपर दिलनुरा अबिबुल्लाहले बचाइन्। त्यसको चार मिनेटपछि, सबिता राना मगरको सटिक पासमा विमला चौधरीले हेडरमार्फत खेलको एक मात्र गोल गरिन्।

नेपालले पहिलो हाफमै थप अग्रता लिने अवसरहरू पाए पनि फिनिसिङमा कमजोरी देखियो। प्रिती राईको फ्री-किकमा विमला चौधरीको प्रहार गोलकिपरले बचाइन भने रेणुका नगरकोटीको प्रहार थोरै अन्तरले बाहिरियो। पहिलो हाफको इन्जुरी समयमा रश्मी कुमारी घिसिङ र सबिता राना मगरका प्रहार क्रसबारमा लागेर फर्किए।

दोस्रो हाफमा नेपालले खेलमा थप ऊर्जा भर्ने प्रयास गर्यो। डिफेन्डर विमला विकलाई रिप्लेस गर्दै स्टार स्ट्राइकर साबित्रा भण्डारी मैदान प्रवेश गरिन्। नेपालले आक्रमणको लय जारी राखे पनि किर्गिस्तानको डिफेन्स पार गर्न सकेन। खेलको ५३औं मिनेटमा विमला चौधरीले हातले गोल गरेपछि रेफ्रीले पहेंलो कार्ड दिइन्। ८२औं मिनेटमा सबिता राना मगरको प्रहार पोष्टको नजिकैबाट बाहिरियो।

अन्ततः नेपालले १-० को जित निकाल्दै प्रतियोगिताको सफल सुरूवात गर्यो। यसअघि भएको अर्को खेलमा म्यानमारले लेबनानलाई ३-१ ले हराएको थियो। समुहको अंकतालिकामा नेपाल र म्यानमार समान ३-३ अंकसहित अगाडि छन्।

अब नेपालले आगामी शुक्रबार लेबनानको सामना गर्नेछ। यस खेलमा नेपालले फिनिसिङ सुधार्दै जितको लय कायम राख्न प्रयास गर्नेछ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको