फोर नेसन्स फुटबल च्याम्पियनसिप: म्यानमारको दोश्रो लगातार जित (तस्वीरहरू)

काठमाडौं – म्यानमारले लगातार दोस्रो जित निकाल्दै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। दशरथ रंगशालामा बिहीवार भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो।

एकपक्षीय बनेको खेलमा म्यानमारका लागि मे टेट लु र योन वाडी लेङले समान दुई गोल गरे भने कप्तान सानदार लिनले एक गोल गरिन्।

खेलको दोस्रो मिनेटमै म्यानमारले अग्रता लिएको थियो। कप्तान सानदार लिनको क्रसमा वाडी लेङले गोल गर्दै टोलीलाई अगाडि बढाइन्। नवौँ मिनेटमा किर्गिस्तानकी एलिखान टर्मसको प्रहार म्यानमारकी गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै टोलीलाई अग्रता जोगाइन्।

खेलको ३०औँ मिनेटमा सानदार लिनले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दै म्यानमारका लागि दोस्रो गोल गरिन्। ३६औँ मिनेटमा योन वाडीको पासमा मे टेट लुले हेडरमार्फत गोल गर्दै म्यानमारको अग्रता ३-० बनाए। ४१औँ मिनेटमा युन वाडी लेङले गोल गर्दा पहिलो हाफको अन्त्यसम्म म्यानमारले ४-० को स्पष्ट अग्रता बनाइसकेको थियो। उनको डिबक्स भित्रबाट गरेको प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो।

खेलको दोस्रो हाफमा पनि म्यानमारले आक्रमण जारी राख्यो। ४९औं मिनेटमा मे टेट लुले व्यक्तिगत दोस्रो गोल गर्दै म्यानमारलाई ५-० को स्पष्ट अग्रता दिलाइन्।

म्यानमारले यसअघि पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको थियो। दुई खेलबाट ६ अंक जोड्दै फाइनल यात्रा बलियो बनाएको छ।

यता, किर्गिस्तानले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा नेपालसँग १-० ले पराजित भएको किर्गिस्तानको फाइनल सम्भावना समाप्त भएको छ।

आज साँझ ६ बजे हुने दोस्रो खेलमा नेपाल र लेबनान आमनेसामने हुँदैछन्। नेपालको फाइनल सम्भावना जीवित राख्नका लागि जित अनिवार्य हुनेछ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको