फोर नेसन्स फुटबल च्याम्पियनसिप: म्यानमारको दोश्रो लगातार जित (तस्वीरहरू)

काठमाडौं – म्यानमारले लगातार दोस्रो जित निकाल्दै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। दशरथ रंगशालामा बिहीवार भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो।

एकपक्षीय बनेको खेलमा म्यानमारका लागि मे टेट लु र योन वाडी लेङले समान दुई गोल गरे भने कप्तान सानदार लिनले एक गोल गरिन्।

खेलको दोस्रो मिनेटमै म्यानमारले अग्रता लिएको थियो। कप्तान सानदार लिनको क्रसमा वाडी लेङले गोल गर्दै टोलीलाई अगाडि बढाइन्। नवौँ मिनेटमा किर्गिस्तानकी एलिखान टर्मसको प्रहार म्यानमारकी गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै टोलीलाई अग्रता जोगाइन्।

खेलको ३०औँ मिनेटमा सानदार लिनले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दै म्यानमारका लागि दोस्रो गोल गरिन्। ३६औँ मिनेटमा योन वाडीको पासमा मे टेट लुले हेडरमार्फत गोल गर्दै म्यानमारको अग्रता ३-० बनाए। ४१औँ मिनेटमा युन वाडी लेङले गोल गर्दा पहिलो हाफको अन्त्यसम्म म्यानमारले ४-० को स्पष्ट अग्रता बनाइसकेको थियो। उनको डिबक्स भित्रबाट गरेको प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो।

खेलको दोस्रो हाफमा पनि म्यानमारले आक्रमण जारी राख्यो। ४९औं मिनेटमा मे टेट लुले व्यक्तिगत दोस्रो गोल गर्दै म्यानमारलाई ५-० को स्पष्ट अग्रता दिलाइन्।

म्यानमारले यसअघि पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको थियो। दुई खेलबाट ६ अंक जोड्दै फाइनल यात्रा बलियो बनाएको छ।

यता, किर्गिस्तानले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा नेपालसँग १-० ले पराजित भएको किर्गिस्तानको फाइनल सम्भावना समाप्त भएको छ।

आज साँझ ६ बजे हुने दोस्रो खेलमा नेपाल र लेबनान आमनेसामने हुँदैछन्। नेपालको फाइनल सम्भावना जीवित राख्नका लागि जित अनिवार्य हुनेछ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको