गोर्खाली रग्वी सेभेन्स ट्रफी २०८१ चितवनमा हुँदै

चितवन – गोर्खाली रग्वी क्लबको आयोजनामा फागुन १६ र १७ गते (फेब्रुअरी २८ र मार्च १, २०२५) चितवनको भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर रंगशालामा गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय प्रतियोगिता–२०८१ सञ्चालन हुने भएको छ। प्रतियोगितामा गोर्खालीसहित दुई विभागीय टिम नेपाल आर्मी र एपीएफसहित पाँच प्रदेशका टिमको सहभागिता रहनेछ।

नेपाल रग्वी संघमा २०७४ सालदेखि आवद्ध गोर्खाली रग्वी क्लब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शन गर्दै आएको छ। क्लबले यु-१८, यु-२० तथा राष्ट्रिय सेभेन्स ए साइड प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै गत वर्ष फिप्टिन्स ए साइड रग्वी प्रतियोगितामा विजेता बन्न सफल भएको थियो।

क्लबले कर्णाली रग्वी संघसँग दुई वर्षका लागि सहकार्य गरी कर्णाली प्रदेशका विभिन्न जिल्लामा प्रशिक्षक परिचालन गरेको थियो। यस अभियान अन्तर्गत कर्णाली प्रदेशलाई राष्ट्रिय प्रतियोगितामा यु-१४, यु-१८, यु-२० तथा सिनियर विधामा विजयी बनाउन सफल भएको क्लबको इतिहास रहेको छ।

हाल नेपालको राष्ट्रिय रग्वी टिममा क्लबका १२ खेलाडी आवद्ध छन्। क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादन गरिरहेको छ।

प्रतियोगिता लिग चरणमा खेलाइनेछ, जसमा कुल १३५ खेलाडी सहभागी हुनेछन्, भने अफिसियल, मेडिकल टिम र स्वयंसेवक गरी १६५ जनाको सहभागिता रहनेछ। विजेता टिमले रु. २ लाख नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले रु. १ लाख नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

नेपालमा हालसम्म आयोजना भएका रग्वी प्रतियोगिताहरूमा नगद पुरस्कार राखिएको यो पहिलो प्रतियोगिता भएको क्लबका सचिव प्रेम कोइरालाले जानकारी दिए।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको