गोर्खाली रग्वी सेभेन्स ट्रफी २०८१ चितवनमा हुँदै

चितवन – गोर्खाली रग्वी क्लबको आयोजनामा फागुन १६ र १७ गते (फेब्रुअरी २८ र मार्च १, २०२५) चितवनको भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर रंगशालामा गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय प्रतियोगिता–२०८१ सञ्चालन हुने भएको छ। प्रतियोगितामा गोर्खालीसहित दुई विभागीय टिम नेपाल आर्मी र एपीएफसहित पाँच प्रदेशका टिमको सहभागिता रहनेछ।

नेपाल रग्वी संघमा २०७४ सालदेखि आवद्ध गोर्खाली रग्वी क्लब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शन गर्दै आएको छ। क्लबले यु-१८, यु-२० तथा राष्ट्रिय सेभेन्स ए साइड प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै गत वर्ष फिप्टिन्स ए साइड रग्वी प्रतियोगितामा विजेता बन्न सफल भएको थियो।

क्लबले कर्णाली रग्वी संघसँग दुई वर्षका लागि सहकार्य गरी कर्णाली प्रदेशका विभिन्न जिल्लामा प्रशिक्षक परिचालन गरेको थियो। यस अभियान अन्तर्गत कर्णाली प्रदेशलाई राष्ट्रिय प्रतियोगितामा यु-१४, यु-१८, यु-२० तथा सिनियर विधामा विजयी बनाउन सफल भएको क्लबको इतिहास रहेको छ।

हाल नेपालको राष्ट्रिय रग्वी टिममा क्लबका १२ खेलाडी आवद्ध छन्। क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादन गरिरहेको छ।

प्रतियोगिता लिग चरणमा खेलाइनेछ, जसमा कुल १३५ खेलाडी सहभागी हुनेछन्, भने अफिसियल, मेडिकल टिम र स्वयंसेवक गरी १६५ जनाको सहभागिता रहनेछ। विजेता टिमले रु. २ लाख नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले रु. १ लाख नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

नेपालमा हालसम्म आयोजना भएका रग्वी प्रतियोगिताहरूमा नगद पुरस्कार राखिएको यो पहिलो प्रतियोगिता भएको क्लबका सचिव प्रेम कोइरालाले जानकारी दिए।

सिफारिस

विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर - कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्‍न सिकाउने उद्देश्यले मंगलबारदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।...

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी (बैकुण्ठ चतुर्दशी)को रात श्री सुन्दरी महाँलक्ष्मी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ...

मनाङमा हराएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याउँदै सेना

मनाङ – करिब तीन सातादेखि बेपत्ता रहेका भारतीय पर्यटक...

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं - काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे...

दृष्टिविहिन महिला वर्ल्डकप टि-२० क्रिकेटको अम्पायरमा नेपालका रबिन्द्र गुप्ता नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि-२०...

क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं - नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास...

धेरै पढिएको