महिला च्याम्पियनसिप: नेपाललाई पराजित गर्दै म्यानमार च्याम्पियन (तस्वीरहरू)

काठमाडौं– घरेलु टिम नेपाललाई २–० ले पराजित गर्दै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि हात पारेको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा म्यानमारले दोस्रो हाफमा दुई गोल गर्दै उपाधि जित्न सफल भयो।

खेलको ६२औँ मिनेटमा म्यानमारकी यु पर खिनले डी-बक्स नजिकबाट उत्कृष्ट प्रहार गर्दै टिमलाई अग्रता दिलाइन्। त्यसको दुई मिनेटपछि, ६४औँ मिनेटमा फ्यु फ्यु विनको फ्रि-किकलाई सदुपयोग गर्दै कप्तान विन थेंगी टेनले गोल गरिन्। त्यसपछि नेपालले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न सकेन।

पहिलो हाफमा दुवै टिमले केही गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। खेलको २४औँ मिनेटमा नेपाली रक्षक विमला बिकले उत्कृष्ट बचाउ गर्दै विपक्षीको हमला रोकेकी थिइन्। ३५औँ मिनेटमा सावित्रा भण्डारी (साम्बा) को प्रहार म्यानमारकी गोलकिपर म्यान नेइनले रोकेपछि नेपाल अग्रता बनाउन असफल रह्यो। ४४औँ मिनेटमा रेनुका नगरकोटेले दिएको क्रसमा सावित्राको हेडर पोस्टमा नजाँदा नेपालले अर्को सुवर्ण अवसर गुमायो।

यसअघि लिग चरणमा यी दुई टोलीबीचको खेल २–२ को बराबरीमा टुंगिएको थियो। तर, फाइनलमा म्यानमारले प्रभावशाली प्रदर्शन गर्दै नेपाललाई पराजित गर्‍यो। जितसँगै म्यानमारको टिमले मैदानमा खुसी साटासाट गरेको थियो।

नेपालले प्रतियोगितामा सानदार यात्रा गरे पनि फाइनलमा चाहेजस्तो नतिजा निकाल्न सकेन।

सिफारिस

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी र सिमसार क्षेत्रमा भ्यागुताको आवाज गुञ्जिन थालेको छ। धान रोपाइँको तयारी भइरहेका बेला खेतका आलि...

भर्खरै

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

धेरै पढिएको