महिला च्याम्पियनसिप: नेपाललाई पराजित गर्दै म्यानमार च्याम्पियन (तस्वीरहरू)

काठमाडौं– घरेलु टिम नेपाललाई २–० ले पराजित गर्दै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि हात पारेको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा म्यानमारले दोस्रो हाफमा दुई गोल गर्दै उपाधि जित्न सफल भयो।

खेलको ६२औँ मिनेटमा म्यानमारकी यु पर खिनले डी-बक्स नजिकबाट उत्कृष्ट प्रहार गर्दै टिमलाई अग्रता दिलाइन्। त्यसको दुई मिनेटपछि, ६४औँ मिनेटमा फ्यु फ्यु विनको फ्रि-किकलाई सदुपयोग गर्दै कप्तान विन थेंगी टेनले गोल गरिन्। त्यसपछि नेपालले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न सकेन।

पहिलो हाफमा दुवै टिमले केही गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। खेलको २४औँ मिनेटमा नेपाली रक्षक विमला बिकले उत्कृष्ट बचाउ गर्दै विपक्षीको हमला रोकेकी थिइन्। ३५औँ मिनेटमा सावित्रा भण्डारी (साम्बा) को प्रहार म्यानमारकी गोलकिपर म्यान नेइनले रोकेपछि नेपाल अग्रता बनाउन असफल रह्यो। ४४औँ मिनेटमा रेनुका नगरकोटेले दिएको क्रसमा सावित्राको हेडर पोस्टमा नजाँदा नेपालले अर्को सुवर्ण अवसर गुमायो।

यसअघि लिग चरणमा यी दुई टोलीबीचको खेल २–२ को बराबरीमा टुंगिएको थियो। तर, फाइनलमा म्यानमारले प्रभावशाली प्रदर्शन गर्दै नेपाललाई पराजित गर्‍यो। जितसँगै म्यानमारको टिमले मैदानमा खुसी साटासाट गरेको थियो।

नेपालले प्रतियोगितामा सानदार यात्रा गरे पनि फाइनलमा चाहेजस्तो नतिजा निकाल्न सकेन।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको