नेपाल भ्रमणमा १०० चिनियाँ फोटोग्राफर

काठमाडौं – नेपालको संस्कृति, सम्पदा तथा पर्यटन प्रवर्द्धनका लागि चिनियाँ फोटोग्राफरको सय सदस्यीय टोली नेपाल आएको छ। चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल को संयुक्त आयोजनामा हुने “लेन्स अन नेपाल: १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन” कार्यक्रम अन्तर्गत टोली नेपाल आएको हो।

नेपाल भ्रमणमा आएका चिनियाँ फोटोग्राफरहरूको टोलीलाई विशेष स्वागत गरिएको छ। स्वागत समारोहमा सांसद उर्मिला माझी, नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलिया र राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त लगायत फोटो पत्रकारहरूको उपस्थिति रहेको थियो। सो अवसरमा सांसद माझीले नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन र नेपालको पर्यटन प्रवर्द्धन गर्न यस्तो कार्यक्रमले विशेष योगदान पुर्‍याउने बताइन्। नेपाल पर्यटन बोर्डका प्रबन्धक थपलियाले चिनियाँ फोटोग्राफरहरूको आगमनले नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

स्वागत कार्यक्रममा चर्चित सांगीतिक समूह सुकर्मले सांगीतिक प्रस्तुति दिँदै सांस्कृतिक वातावरण सिर्जना गरेको थियो।

यो कार्यक्रम नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित गरिएको हो। चाइना नेपाल फ्रेन्डसिप फोरमका संयोजक डा. कल्याणराज शर्माले कार्यक्रम नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण अवसर हुने जानकारी दिए।

कार्यक्रममा सहभागी चिनियाँ फोटोग्राफरहरूले नेपालको विभिन्न पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई विश्वभर प्रवर्द्धन गर्नेछन्। राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तका अनुसार उनीहरूले फागुपूर्णिमा (होली) का अवसरमा नेपालका विभिन्न स्थानमा रंगमय नेपालका झलकहरू कैद गर्ने छन्।

चिनियाँ फोटोग्राफरहरूको नेपाल भ्रमणले यहाँको संस्कृति, जीवनशैली तथा परम्परागत सम्पदाहरूलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्न मद्दत गर्नेछ। यसले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

सिफारिस

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने "मोबाइलबाट लघु चलचित्र निर्माण" कार्यशाला...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

धेरै पढिएको