नेपाल भ्रमणमा १०० चिनियाँ फोटोग्राफर

काठमाडौं – नेपालको संस्कृति, सम्पदा तथा पर्यटन प्रवर्द्धनका लागि चिनियाँ फोटोग्राफरको सय सदस्यीय टोली नेपाल आएको छ। चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल को संयुक्त आयोजनामा हुने “लेन्स अन नेपाल: १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन” कार्यक्रम अन्तर्गत टोली नेपाल आएको हो।

नेपाल भ्रमणमा आएका चिनियाँ फोटोग्राफरहरूको टोलीलाई विशेष स्वागत गरिएको छ। स्वागत समारोहमा सांसद उर्मिला माझी, नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलिया र राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त लगायत फोटो पत्रकारहरूको उपस्थिति रहेको थियो। सो अवसरमा सांसद माझीले नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन र नेपालको पर्यटन प्रवर्द्धन गर्न यस्तो कार्यक्रमले विशेष योगदान पुर्‍याउने बताइन्। नेपाल पर्यटन बोर्डका प्रबन्धक थपलियाले चिनियाँ फोटोग्राफरहरूको आगमनले नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

स्वागत कार्यक्रममा चर्चित सांगीतिक समूह सुकर्मले सांगीतिक प्रस्तुति दिँदै सांस्कृतिक वातावरण सिर्जना गरेको थियो।

यो कार्यक्रम नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित गरिएको हो। चाइना नेपाल फ्रेन्डसिप फोरमका संयोजक डा. कल्याणराज शर्माले कार्यक्रम नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण अवसर हुने जानकारी दिए।

कार्यक्रममा सहभागी चिनियाँ फोटोग्राफरहरूले नेपालको विभिन्न पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई विश्वभर प्रवर्द्धन गर्नेछन्। राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तका अनुसार उनीहरूले फागुपूर्णिमा (होली) का अवसरमा नेपालका विभिन्न स्थानमा रंगमय नेपालका झलकहरू कैद गर्ने छन्।

चिनियाँ फोटोग्राफरहरूको नेपाल भ्रमणले यहाँको संस्कृति, जीवनशैली तथा परम्परागत सम्पदाहरूलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्न मद्दत गर्नेछ। यसले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको