नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको अध्यक्षमा रवि धमला निर्वाचित

काठमाडौं – नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसन (NEMA) को प्रथम अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनबाट रवि धमला अध्यक्ष पदमा निर्वाचित भएका छन्।

संस्थापक अध्यक्ष तथा नेपलिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

नयाँ कार्यसमितिमा शुसीला थापा उपाध्यक्ष, डेभिल सिंह राजपुत सचिव, नितु श्रेष्ठ कोषाध्यक्ष, कृष्ण श्रेष्ठ सहसचिव, तथा विशाल पासवान सहकोषाध्यक्ष पदमा चयन भएका छन्। त्यस्तै, भरत समारी, अमिसा वली, समसाद शाह, छिरिङ शेर्पा, र रवि लामा तामाङ सदस्य पदमा निर्वाचित भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हेमा मानन्धरले नेपालका सम्पूर्ण कार्यक्रम आयोजकहरूको हकहितका लागि निरन्तर आवाज उठाउँदै संघलाई अघि बढाउनुपर्नेमा जोड दिइन्। साथै, नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै इभेन्ट म्यानेजमेन्ट क्षेत्रलाई थप व्यवस्थित बनाउन संघले प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरिन्।

नवनिर्वाचित अध्यक्ष रवि धमलाले इभेन्ट व्यवस्थापन क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई एकताबद्ध गर्दै उनीहरूको हकहित र विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपालभर विभिन्न कार्यक्रम आयोजना तथा व्यवस्थापन गर्ने व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याई व्यवस्थित र व्यवशायिक रूपमा अगाडि बढाउने संघको उद्देश्य रहेको उनले बताए।

संघको यो पहलले नेपालमा इभेन्ट व्यवस्थापन क्षेत्रलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको