रामेछापमा पहिलो पटक ऐतिहासिक फोटो प्रदर्शनी (तस्वीरहरू)

रामेछाप, मन्थली – राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) जिल्ला शाखा रामेछापले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश महाधिवेशनको अवसर पारेर रामेछापको ऐतिहासिक, धार्मिक, पुरातात्त्विक र पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले जिल्लाको इतिहासमै पहिलो पटक फोटो प्रदर्शनी आयोजना गरेको छ।

रामेछापको तीनलाल पार्क, मन्थलीमा सम्पन्न प्रदर्शनीमा ५० वटा उत्कृष्ट तस्वीरहरू राखिएको थियो, जसले जिल्लाको सौन्दर्य, सम्भावना र सांस्कृतिक धरोहरलाई उजागर गरेको छ।

पत्रकारिता समाचार लेख्ने र खबरदारी गर्ने काममा मात्र सीमित हुनुहुँदैन, बरु व्यावहारिक रुपमा पनि सक्रिय हुनुपर्छ भन्ने हाम्रो प्रतिबद्धताको प्रतिबिम्बस्वरूप यो प्रदर्शनी आयोजित गरिएको एनएफपिजे रामेछापका अध्यक्ष मिलन घिमिरेले जानकारी दिए । फोटोप्रति रुचि राख्ने ‘घुमन्ते मित्रहरू’ तथा फोटो पत्रकारितामा संलग्न व्यक्तिहरूका लागि यो प्रयास महत्वपूर्ण कदम सावित भएको उनले बताए ।

अध्यक्ष घिमिरेले आर्थिक तथा प्राविधिक कठिनाइका बाबजुद पहिलो प्रयासस्वरूप प्राप्त सुझावहरूले आगामी दिनका लागि थप प्रेरणा मिल्नुका साथै विभिन्न जिल्लाबाट आएका फोटो पत्रकारहरूसँग अनुभव आदान–प्रदान गर्दै ‘एग्जिबिशन’ को क्षेत्रमा नयाँ ज्ञान हासिल गर्ने अवसर पनि प्राप्त भएको बताए ।

कार्यक्रममा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), प्रदेश सांसदद्वय तारानारायण श्रेष्ठ र आनन्द कुमार श्रेष्ठ, रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर, जिल्ला अध्यक्ष दीपक कुमार घिमिरे, प्रदेश सञ्चार रजिष्ट्रार प्रमुख रेवती प्रसाद सापकोटा, एनएफपिजे नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ (सागर), कोषाध्यक्ष प्रदीप कुमार श्रेष्ठ, (डिएसपी) प्रदीप कुमार सिंहसहित जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरू लगायत बागमती प्रदेशका पत्रकारहरूको उपस्थिति रहेको थियो।

 

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको