शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार गम्भीर बन्नुपर्छ : सांसद ढकाल

काठमाडौं – प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपालमा संक्रमणकालीन न्याय टुंग्याउने कार्यलाई प्राथमिकता दिन सरकार र पूर्व विद्रोही पक्ष नेकपा (माओवादी केन्द्र) लाई आग्रह गरेका छन्।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ढकालले शान्ति प्रक्रिया टुंग्याउन ढिलाइ हुँदा गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका छन्। उनले विशेष रूपमा मानव अधिकार उल्लंघन तथा युद्धकालीन अपराधका घटनाहरू निष्कर्षमा पुर्‍याउन सरकार र माओवादी दुवै पक्ष गम्भीर बन्नुपर्ने बताए।

सांसद ढकालले फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टे पक्राउको उदाहरण प्रस्तुत गर्दै नेपालले पनि यस्ता अन्तर्राष्ट्रिय घटनाबाट पाठ सिक्नुपर्ने बताए।

“डुटेर्टे अवैध लागुऔषधविरुद्धको अभियानका क्रममा मानवता विरोधी अपराधमा दोषी देखिएपछि पक्राउ परे। फिलिपिन्सले अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) बाट नाम हटाए पनि उनलाई हेग लगिएको छ। नेपालमा पनि संक्रमणकालीन न्यायलाई टुंग्याउन विलम्ब गर्न मिल्दैन,” सांसद ढकालले भने।

नेपालमा द्वन्द्वकालीन घटनाहरूलाई टुंगो लगाउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठन भए पनि पीडितहरूले अझै न्याय पाउने सुनिश्चितता महसुस गर्न सकेका छैनन्। ढकालले विगत १७ वर्षदेखि अनिश्चित बनेको शान्ति प्रक्रिया अझै निष्कर्षमा नपुग्नु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे।

“यदि सरकार र माओवादी नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउन चासो देखाएन भने अन्तर्राष्ट्रिय समुदायको हस्तक्षेप पनि आउन सक्छ। द्वन्द्वपीडितहरूको पीडा कम गर्न तथा न्याय सुनिश्चित गर्न ढिलाइ गरियो भने यसले थप जटिलता निम्त्याउनेछ,” उनले भने।

सांसद ढकालले सरकार र माओवादी नेतृत्वलाई शान्ति प्रक्रिया टुंग्याउन तिव्र पहल गर्न आग्रह गरे। उनले समयमै न्याय नपाइए त्यसको गम्भीर परिणाम आउन सक्ने चेतावनी दिए।

“शान्ति प्रक्रिया टुंग्याउने सवालमा सरकार उदासीन देखिन्छ। यदि यो ढिलाइ जारी रह्यो भने पीडितहरूले वैकल्पिक न्यायिक माध्यमहरू खोज्न बाध्य हुनेछन्। त्यस्तो अवस्थामा नेपालको कानुनी तथा राजनीतिक स्थायित्वमा चुनौती आउन सक्छ,” उनले जोड दिए।

उनले संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन ठोस कानुनी र संस्थागत सुधारको खाँचो रहेको औंल्याए। “यो विषय सरकारको प्राथमिकतामा पर्नुपर्छ, अन्यथा यो अन्तर्राष्ट्रिय मुद्दा बन्न सक्छ,” उनले थपे।

सांसद ढकालको यो अभिव्यक्ति नेपालमा संक्रमणकालीन न्याय प्रक्रियालाई लिएर भइरहेको बहसमा महत्वपूर्ण मानिएको छ। अब सरकार र सम्बन्धित पक्षहरूले यसबारे कस्तो कदम चाल्छन् भन्ने प्रतिक्षाको विषय बनेको छ।

सिफारिस

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरूको अनुहारमा थकान झल्किरहेको थियो। तर, यही व्यस्त सहरको एक कुनामा एक...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

धेरै पढिएको