टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

काठमाडौँ – अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्ट फेसन हाउसको उद्घाटन गरेका छन् । काठमाडौँको के.एल. टावसरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्ट फेसन हाउसको शनिबार एक कार्यक्रमका बिच कुलले उद्घाटन गरेका हुन् । डक्टर डेनिमका ब्राण्ड एम्बासडर समेत रहेका कुलले स्मार्ट पोइन्ट फेसन हाउसको उद्घाटन गर्दै सफलताको शुभकामना दिए । सो अवसरमा कुलले संचालक जयराम भण्डारीको लगनशिलताको पनि खुलेर तारिफ गरेका थिए । अभिनेता समेत रहेका कुलले डक्टर डेनिम लगाएर स्मार्ट बन्न आग्रह गरेका थिए । नेपाली ब्राण्डको एक क्लोथिङ्ग ब्राण्ड हो डक्टर डेनिम । जसले पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्रि गर्दै आइरहेको । नेपाल तथा अन्य केहि मुलुकमा एकसाथ संचालनमा आएको डक्टर डेनिमसँग कुल केही वर्ष रहनेछन् ।

डक्टर डेनिमलाई नेपालको नम्बर एक जेन्ट्स् क्लोथिङ्ग ब्राण्डको रुपमा अगाडी लैजान आफुले भरपुर मेहनत गर्ने कुलले बताए । सो अवसरमा स्मार्ट पोइन्ट फेसन हाउसका संचालन जयराम भण्डारीले आफ्नो पसल केएल टावरमा रहेको भएता पनि सामानहरु सस्तो मूल्यमा पाइने बताए । ब्यबसायको क्षेत्रमा करिब १ दशकदेखि लागी पर्दै आएका एद्यमी भण्डारीले आम दर्शकलाई एक पटक स्मार्ट पोइन्टको भिजिट गर्नका लागि सबैकमा अपिल गरेका छन् ।

भण्डारीले आँफुले ब्यबसायको क्षेत्रलाई निकै नै आशालाग्दो क्षेत्र भएका कारण लामो समयदेखि यही क्षेत्रमा लागिपरिरहेको दोहोर्याए । त्यस्तै स्मार्ट पोइन्ट फेसन हाउसकी प्रोपाइटर मेनुका दानीले आम दर्शकका लागि भनेर नयाँ शैलीमा स्मार्ट पोइन्ट संचालनमा ल्याइएको बताइन् । सो अवसरमा गायक तथा संगीतकार दीपक चौलागाईले संचालक जयरामको मुक्तथकण्ठले तारिफ गरेका थिए । उनले आफ्नो गीत मार्फत सँधै दत्तचित्त भएर लाग्न पनि शुभकामना दिएका थिए । सँधै सकारात्मक सोचौँ भन्ने मूल नारासहित संचालनमा ल्याइएको यस स्मार्ट पोइन्टले उद्घाटनका क्रममा उपस्थित संचारकर्मीलाई पनि आफ्नो ब्राण्डका सामाग्रीहरु दिएर सम्मान गरेको थियो । त्यस्तै अफरका रुपमा आगामी ९ गतेसम्म स्मार्ट पोइन्टमा पुग्ने ग्राहकलाई विशेष गिफ्ट ह्याम्परको पनि व्यबस्था गरिएको स्मार्ट पोइन्ट फेसन हाउसकी प्रोपाइटर मेनुका दानीले जानकारी दिइन् ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको