मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं – वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई “मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार २०८१” द्वारा सम्मानित गरेको छ।

नेपाल नगरपालिका सङ्घको ३२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा नगरपालिकालाई सम्मानपत्र प्रदान गरिएको हो।

नेपाल नगरपालिका संघले प्रत्येक वर्ष उत्कृष्ट कार्य सम्पादन गर्ने नगरपालिकालाई सम्मान गर्ने परम्परा कायम राख्दै आएको छ। यस वर्ष मध्यपुर थिमि नगरपालिकाले वातावरण संरक्षण, संस्कृति प्रवर्द्धन, र पर्यटन विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै मुलुककै उत्कृष्ट नगरपालिका घोषणा गरिएको हो।

मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले यो सम्मानलाई आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्ने प्रेरणाको स्रोतका रूपमा लिएको प्रतिक्रिया दिए।

रमिता छुँजु
रमिता छुँजु
छुँजु फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर कला संस्कृति, पर्यटन र बालबालिका क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको