काठमाडौं – काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको पत्र लिएर महानगर प्रहरी बल निर्मल निवास पुगेको छ। आइतबार अफिस खुलेपछि जरिवाना पत्र लिएर नगर प्रहरी पूर्वराजा ज्ञानेन्द्र शाहको निवास, निर्मल निवास, पुगेको हो । तर, निर्मल निवासले उक्त जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ।
काठमाडौं महानगरपालिकाले ३२ नं. वडा लगायतका विभिन्न स्थानहरूमा गरिएको फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्तिको तोडफोड तथा अन्य नगर सरोकारका विषयमा कारबाहीस्वरूप जरिवाना पत्र जारी गरेको थियो ।
महानगर प्रहरी बलको टोली जसरी पनि जरिवाना पत्र हस्तान्तरण गरेर फर्किने तयारीमा रहेको छ। यस घटनाले काठमाडौं महानगरपालिकाको सिटी पोलिसी तथा कानूनी कार्यान्वयनको विषयलाई पुनः सतहमा ल्याएको छ।