कुलमान प्रकरणमा नयाँ मोड: अर्बौं खर्च गरेर छवि निर्माणको आरोप

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका पूर्व-प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि संस्थाको करोडौं होइन, अर्बौं रुपैयाँ प्रचार-प्रसारमा खर्च गरेको आरोप लागेको छ। महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतमा सरकारको तर्फबाट बहस गर्दै घिसिङले सरकारी खर्चबाट युट्युब च्यानलहरूमा ठूलो रकम खर्च गरेर आफ्नो छवि देवत्वकरण गरेको दाबी गरे।

बडालका अनुसार हाल सरकार उक्त खर्चको विस्तृत विवरण संकलन गरिरहेको छ। उनले थपे, “यो रकम करोडौंमा सीमित छैन, अर्बौं रुपैयाँ प्रचारमा प्रयोग भएको छ।”

ऊर्जामन्त्री दीपक खड्काले यसअघि नै घिसिङमाथि भारतबाट बिजुली आयातका कारण मात्र लोडसेडिङ अन्त्य भएको, बक्यौता उठाउन चुकिएको र सरकारको अनुमति नलिई भारतसँग विद्युत व्यापारको सम्झौता गरेको जस्ता आरोप लगाइसकेका थिए।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतमा दोस्रो दिन पनि बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा मंगलबार र बुधबार दुवै पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। मंगलबार कुलमान घिसिङको पक्षबाट वरिष्ठ अधिवक्ताहरू दिनमणि पोखरेल, माधव बस्नेतलगायतले बहस गरेका थिए। बुधबार हितेन्द्रदेव शाक्यको तर्फबाट बहस सुरू भए पनि नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको हो।

अब बिहीबार हितेन्द्रदेव शाक्यको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले बहस गर्नेछन्। सरकारी पक्षबाट महान्यायाधिवक्ता रमेश वडाल सहितका कानुन व्यवसायीले आफ्नो तर्क प्रस्तुत गरिसकेका छन्।

बिहीबारको बहसपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्नेछ। हालसम्मको कानुनी बहसका आधारमा अदालतले अन्तरिम आदेश जारी नगर्ने सम्भावना बलियो देखिएको कानुनी जानकारहरूको विश्लेषण छ। अब बिहीबारको बहसपछि मात्र सर्वोच्च अदालतको अन्तिम धारणा सार्वजनिक हुनेछ।

सिफारिस

‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्टमा रमाए दर्शक (तस्वीरहरू)

साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा प्रश्तुत गरेको कन्सर्टमा पोखरेली संगीतकर्मीहरुले मजा लिएका छन् । शुक्रबार साँझ नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा...

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुन अब नौ दिन मात्र बाँकी छ। प्रतियोगिताको तयारी स्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक विशेष समारोहका बीच विमोचन गरिएको छ। जङ्गी अड्डामा आयोजित उक्त कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक...

सञ्चारमन्त्री खरेलद्वारा सवारी चालक अनुमति पत्र छपाइको उद्घाटन (तस्वीरहरू)

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी...

शान्ति मिसनमा नेपाली सेना: विश्व शान्तिमा उल्लेखनीय योगदान

काठमाडौं - नेपाल संयुक्त राष्ट्रसंघको विश्व शान्ति स्थापना अभियानमा...

काठमाडौं नजिकै रहेको मनमोहक धाप ड्याम (तस्वीरहरू)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप...

यात्रा स्मृति : पाँचपोखरी पदयात्रामा जे देखियो (तस्वीरहरू)

तिहारको बिदा अगावै सहकर्मी साथी उत्सव र मेरो कतै...

धेरै पढिएको