नेपाल मोबाइल वितरक संघको अध्यक्षमा रघु त्रिपाठी निर्विरोध निर्वाचित

काठमाडौं – मोबाइललाई आजको युगमा समाजको अनिवार्य उपभोग्य वस्तुका रूपमा लिइन्छ। यसको आपूर्ति तथा वितरणमा संलग्न व्यवसायीहरूको छाता संस्था नेपाल मोबाइल वितरक संघको तेस्रो महाधिवेशनले रघु त्रिपाठीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।

नगरकोटस्थित रत्नागिरी होटलमा सम्पन्न महाधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। समितिमा वरिष्ठ उपाध्यक्ष हरि केसी, उपाध्यक्ष राम नारायण दास, महासचिव बाल नरसिंह कुँवर, सचिव नवीन बाँस्तोला, कोषाध्यक्ष रामचन्द्र श्रेष्ठ र सह-कोषाध्यक्ष विनोद केसी चयन भएका छन्।

अन्य निर्वाचित सदस्यहरूमा दिपेन्द्र चौलागाईं, विजय चौधरी, निकित अग्रवाल, श्रीशान्त थापा, दीपक कोइराला, चित्र बस्नेत र निशान्त कुमार अग्रवाल छन्।

कार्यभार ग्रहण गर्दै अध्यक्ष त्रिपाठीले व्यवसायको अनियमितता, अव्यवस्था र अवैध कारोबार अन्त्य गर्न व्यवसायीहरूलाई एकीकृत रूपमा अघि बढ्न आह्वान गरे। उनले मोबाइल फोन आयातकर्ता संघ र मोबाइल व्यवसायी महासंघसँग सहकार्य गर्दै न्यायोचित व्यापारिक वातावरण र लगानीको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

संघका सचिव नवीन बाँस्तोलाले आगामी बैशाख २६ गते काठमाडौंमा पदस्थापन, स्मारिका विमोचन तथा पूर्व कार्यसमितिलाई बिदाइ कार्यक्रम हुने जानकारी दिए। त्रिपाठी नेतृत्वको नयाँ टिमले व्यवसायीहरूको हकहित र स्थायित्वमा थप सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको