नवलपरासी (पश्चिम) को बर्दघाट क्षेत्रबाट चोरी–तस्करीको उद्देश्यले लैजाँदै गरिएको दुर्लभ सर्प Red Sand Boa (स्थानीय नाम: दोमुंहे सर्प) नियन्त्रणमा लिइएको छ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले यस सर्पलाई ‘Near Threatened’ (निकट संकटग्रस्त) को सूचीमा राखेको छ। यो प्रजाति अत्यधिक चोरी शिकारी र अन्तरदेशीय तस्करीमा पर्ने सरिसृपमध्ये एक मानिन्छ।
प्रारम्भिक अनुसन्धानअनुसार, सर्पलाई भारत तर्फ तस्करी गर्ने तयारीमा रहेको अवस्थामा बरामद गरिएको हो। भारतीय बजारमा यस सर्पको अवैध कारोबार काला जादु, सौभाग्यको प्रतीक, र पाल्तु जनावरको रूपमा प्रयोग हुने जनविश्वासका कारण तीव्र रूपमा बढ्दो छ।
वन तथा वातावरण संरक्षण कानुन अन्तर्गत दोषी उपर कडा कारबाही हुने सम्बन्धित निकायले जनाएको छ। सर्पलाई अहिले सम्बन्धित वन कार्यालयमार्फत सुरक्षित स्थानमा राखिएको छ।