अन्नपूर्ण टाइम्सकर्मी घनश्याम श्रेष्ठसहित छ जना पत्रकार सम्मानित

काठमाडौँ -अन्नपूर्ण टाइम्स डटकमका प्रधान सम्पादक तथा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) का महासचिव घनश्याम श्रेष्ठ डा. चुडाबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। पत्रकार श्रेष्ठलाई नगद रु. ५,१११ र प्रमाणपत्रसहित नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनको अवसरमा आयोजित विशेष समारोहमा सम्मान गरिएको हो।

उक्त अवसरमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका थप पाँच जना पत्रकारहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको छ।

नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक आरती चटौतलाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। उक्त पुरस्कारको राशी रु. २५,००० र प्रमाणपत्र रहेको छ।

अन्नपूर्ण पोस्ट दैनिककी समाचार सम्पादक रामकला खड्कालाई प्रताप स्मृति पत्रकारिता पुरस्कारअन्तर्गत रु. १५,००० नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो।

चन्द्रसूर्यवाणी डटकम र क्राइम चेक साप्ताहिकका सम्पादक, तथा ऊर्जा खबरका मधेश प्रदेश संयोजक सन्तोष कुमार मिश्रलाई गौरीनारायण श्रेष्ठ मध्यान्ह दैनिक पत्रकारिता पुरस्कार अन्तर्गत रु. ११,१११ नगद र प्रमाणपत्र प्रदान गरिएको हो। पत्रकार मिश्र विगत दुई दशकदेखि सामाजिक सरोकार, अनुसन्धान, ऊर्जा तथा जनजीवनका विषयमा क्रियाशील छन्।

नाजिर उद्दिन मिया स्मृति पत्रकारिता पुरस्कार चेतनराज पाण्डेलाई प्रदान गरिएको हो, जसअन्तर्गत रु. ५,१११ नगद र प्रमाणपत्र समावेश थियो।

बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार टंककला तिमिल्सेनालाई प्रदान गरिएको हो। यस पुरस्कारमा पनि रु. ५,१११ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा तीन दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय शिरोमणि दवाडी, महिला प्रकाशक सितादेवी श्रेष्ठ, मञ्चका संस्थापक महासचिव बैकुण्ठ भण्डारी, पत्रकार गिरिजाप्रसाद अधिकारी, गैरसरकारी संस्था महासंघका उपमहासचिव किरण थापा, सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष नविनरसिंह नेपाली, क्यानका उपाध्यक्ष चिरञ्जिवी अधिकारी, मोबाइल वितरक संघका अध्यक्ष रघुनाथ त्रिपाठी (गृहनाथ) र अभियन्ता डा. पियारत्न महर्जनलाई पनि सम्मान गरिएको थियो।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री उदय शम्शेर राणा प्रमुख अतिथि थिए। उनले उद्घाटन मन्तव्य दिंदै भने, “गणतन्त्र सुधार गर्न सकिन्छ तर हटाउन खोज्नु राष्ट्रका लागि खतरा हो। प्रेस स्वतन्त्रता र लोकतन्त्रको जगेर्ना अहिलेको आवश्यकता हो।”

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, केन्द्रिय सचिव बैकुण्ठराज पराजुली, एसोसिएट प्रदेश अध्यक्ष रोयल आचार्य, जिल्ला अध्यक्ष रामकृष्ण रामहरि कार्की, मञ्चका संस्थापक अध्यक्ष योगेन्द्र प्रताप शाहीलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन मञ्चका महासचिव बिमल थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष चन्द्रमणि भट्टराईले दिनुभएको थियो।

नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको