अन्नपूर्ण टाइम्सकर्मी घनश्याम श्रेष्ठसहित छ जना पत्रकार सम्मानित

काठमाडौँ -अन्नपूर्ण टाइम्स डटकमका प्रधान सम्पादक तथा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) का महासचिव घनश्याम श्रेष्ठ डा. चुडाबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। पत्रकार श्रेष्ठलाई नगद रु. ५,१११ र प्रमाणपत्रसहित नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनको अवसरमा आयोजित विशेष समारोहमा सम्मान गरिएको हो।

उक्त अवसरमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका थप पाँच जना पत्रकारहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको छ।

नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक आरती चटौतलाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। उक्त पुरस्कारको राशी रु. २५,००० र प्रमाणपत्र रहेको छ।

अन्नपूर्ण पोस्ट दैनिककी समाचार सम्पादक रामकला खड्कालाई प्रताप स्मृति पत्रकारिता पुरस्कारअन्तर्गत रु. १५,००० नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो।

चन्द्रसूर्यवाणी डटकम र क्राइम चेक साप्ताहिकका सम्पादक, तथा ऊर्जा खबरका मधेश प्रदेश संयोजक सन्तोष कुमार मिश्रलाई गौरीनारायण श्रेष्ठ मध्यान्ह दैनिक पत्रकारिता पुरस्कार अन्तर्गत रु. ११,१११ नगद र प्रमाणपत्र प्रदान गरिएको हो। पत्रकार मिश्र विगत दुई दशकदेखि सामाजिक सरोकार, अनुसन्धान, ऊर्जा तथा जनजीवनका विषयमा क्रियाशील छन्।

नाजिर उद्दिन मिया स्मृति पत्रकारिता पुरस्कार चेतनराज पाण्डेलाई प्रदान गरिएको हो, जसअन्तर्गत रु. ५,१११ नगद र प्रमाणपत्र समावेश थियो।

बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार टंककला तिमिल्सेनालाई प्रदान गरिएको हो। यस पुरस्कारमा पनि रु. ५,१११ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा तीन दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय शिरोमणि दवाडी, महिला प्रकाशक सितादेवी श्रेष्ठ, मञ्चका संस्थापक महासचिव बैकुण्ठ भण्डारी, पत्रकार गिरिजाप्रसाद अधिकारी, गैरसरकारी संस्था महासंघका उपमहासचिव किरण थापा, सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष नविनरसिंह नेपाली, क्यानका उपाध्यक्ष चिरञ्जिवी अधिकारी, मोबाइल वितरक संघका अध्यक्ष रघुनाथ त्रिपाठी (गृहनाथ) र अभियन्ता डा. पियारत्न महर्जनलाई पनि सम्मान गरिएको थियो।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री उदय शम्शेर राणा प्रमुख अतिथि थिए। उनले उद्घाटन मन्तव्य दिंदै भने, “गणतन्त्र सुधार गर्न सकिन्छ तर हटाउन खोज्नु राष्ट्रका लागि खतरा हो। प्रेस स्वतन्त्रता र लोकतन्त्रको जगेर्ना अहिलेको आवश्यकता हो।”

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, केन्द्रिय सचिव बैकुण्ठराज पराजुली, एसोसिएट प्रदेश अध्यक्ष रोयल आचार्य, जिल्ला अध्यक्ष रामकृष्ण रामहरि कार्की, मञ्चका संस्थापक अध्यक्ष योगेन्द्र प्रताप शाहीलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन मञ्चका महासचिव बिमल थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष चन्द्रमणि भट्टराईले दिनुभएको थियो।

नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको