उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेटवार्ता गरेको छ । बुधवार एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वसहितको केन्द्रीय कार्यसमितिको टोलीले हरितगृह निवासमा उपराष्ट्रपति यादवसँग भेट गर्दै नेपालको समग्र पत्रकारितामा फोटो पत्रकारहरूको योगदान र समाचारका लागि फ्रन्टलाईनमा खटिँदा हुने सुरक्षा चुनौती लगायत विभिन्न विषयबारे छलफल गरेको हो ।

भेटमा उपराष्ट्रपति यादवले फोटो पत्रकारहरूको योगदानले सत्यतथ्य समाचार सम्प्रेसणको लागि अत्यन्त महत्वपूर्ण भुमीका खेल्दै आएको बताउनु हुँदै तपाईंहरूको क्यामराले खिचेका तस्बिरहरूले समाजमा सकारात्मक सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउने महत्वपूर्ण खेल्दै आएकोले सबैलाई धन्यवाद पनि दिनु भयो । सो क्रममा एनएफपिजे नेपालका अध्यक्ष वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नका लागि जीवन बीमा, न्यूनतम पारिश्रमकका विषय लगायतका अन्य सुविधाहरू उपलब्ध गराउन पहल गरिदिन उपराष्ट्रपति यादवलाई आग्रह गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “फ्रन्टलाइनमा खटेर देशभर फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकारहरू उच्च जोखिममा रहेर काम गर्नु परिरहेको बाध्यात्मक अवस्था छ । राज्यले सबै पत्रकार तथा फोटोपत्रकारहरुको सुरक्षाको सुनिश्चितता गर्दै जीवन बीमालगायतको सुविधा उपलब्ध गराउनु पर्छ भन्नु भयो ।

एनएफपिजे नेपालले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरमा बैशाख १३ गते गर्न लागेको ५औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ को सफलताको शुभकामना दिनु भएको थियो ।

भेटघाटको क्रममा एनएफपिजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ, उपाध्यक्ष चन्द्रकला क्षेत्री, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, कोषाध्यक्ष प्रदीप कुमार श्रेष्ठ लगायत अन्य केन्द्रीय सदस्यहरू शुसील कुमार श्रेष्ठ, मुकुन्द कालिकोटे,अनुप प्रधान,सागर वस्नेत,दिपेन्द्र मर्हजन र हरिस सिंह नगालको पनि उपस्थिति थियो ।

सिफारिस

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका...

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गर्‍यो...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला यस क्षेत्रमै केही माफियातत्त्वहरू सक्रिय भएर टेन्डर प्रक्रियालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। यस्ता समूहरूले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला...

उर्जा राज्यमन्त्री गर्बुजाद्धारा पदबहाली

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन

काभ्रेपलाञ्चोक - यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई...

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुँदै

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा...

२२ गतेदेखि नागढुंगा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले...

धेरै पढिएको